Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बुद्ध पुर्णिमामा ऋषेश्वरमा पुजा र आराधना

Riss-1588858092.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको ऋषेश्वर महादेव तथा गुरु रिनपोचेको पवित्र तिर्थ स्थलमा बुद्ध जयन्ती मनाइएको छ । २५६४ औं बुद्ध जयन्तीको अवसरमा एभरेष्ट युवा विकास क्लब दामनको आयोजनामा अघिल्लो वर्षबाट मनाउन थालिएको यो पर्वका अवसरमा यसपाली पनिबुद्ध जयन्ती मनाइको हो । 

कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण ऋष्ोश्वरमा सामान्य आराधना गरेर मात्र मनायएको एभरेष्ट युवा विकास क्लबका दावा शेर्पाले जानकारी दिए ।  

लकडाउनका कारण ऋषेश्वरमा अघिल्लो वर्षको तुलनामा निकै कम भक्तजनहरको उपस्थिती रहेको थियो । वुद्ध जयन्तीको अवसरमा थाहा–४ दोबाटोका ऋषेश्वर ११ फुटबल क्लबका २० जना युवाहरुले बिहान मन्दिरको मुल प्रवेश द्वारदेखि मन्दिर परिसरसम्म पुर्ण रुपमा सरसफाइ गरेका छन् । सरसफाईमा सहभागी भएका युवाहरुलाई एभरेष्ट क्लबले धन्यवाद दिएको छ । 

ऋषेश्वर महादेव स्थानमा ठुलो एकादशी तथा फागु पुर्णिामाको मेला बाहेक अरु महान पर्वहरु महाशिवरात्री, साउने व्रतलगायतको पर्वहरुमा पनि स्थानीयहरु पुजा आराधना गर्न पुग्ने गर्दछन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०