nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाहिर देखिएजस्तो सुन्दर छैन हेटौंडाः प्रहरी प्रमुख चौधरी

मकवानपुरका प्रहरी प्रमुख मिरा चौधरीले हेटौंडा बाहिरबाट हेर्दा जति सुन्दर छ, भित्र त्यतिकै कुरुप पनि रहेको बताएकी छिन् । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) मकवानपुरले असोज २ गते हेटौंडामा आयोजना गरेको सन्डेक्लब अन्तर्गत प्रहरी संगठनभित्र काम गर्दा प्रहरी प्रमुख मिरा चौधरीको अनुभवसम्बन्धी कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै प्रहरी प्रमुख चौधरीले यस्तो बताएको हेटौंडाबाट पत्रकार शुभलक्ष्मी विकले इमेलबाट खबर पठाएकी छिन् । 

हेटौंडामा यौन व्यवसाय, लागु औषध दुव्र्यसन, महिला हिंसा, यातायात सञ्चालनमा मनपरी जस्ता कारण यहाँको सौन्दर्य खोसिएको चौधरीले बताइन् । राम्रो काममा मात्र समर्थन गर्ने र गलत काममा विरोध गर्नसक्ने समाज भए मात्र कानून लागु गर्न सकिने र सभ्य समाज निर्माण हुनसक्ने उनको धारणा थियो । कार्यक्रममा प्रहरी संगठनभित्र आफ्नो अनुभव सुनाउँदै चौधरीले महिलालाई जहिले पनि जिम्मेवारी दिँदा परीक्षाको रुपमा दिइने गरिएको बताइन् । 
सबै क्षेत्रमा जस्तै प्रहरीमा पनि महिलाले ठूलो चुनौती भोग्नुपर्ने भन्दै उनले संगठनभित्र सफल कमाण्डर बन्न पेशा अनुसार आफूलाई पनि बदल्न र राम्रो प्रस्तुती दिन सक्नुपर्ने उल्लेख गरिन् ।  अहिले पनि प्रहरी भित्र महिलाको उपस्थिति ७ देखि ८ प्रतिशत मात्र रहेको भन्दै उनले सुस्त गतिमा भएपनि प्रहरी संगठनभित्र महिलाको उपस्थिति बढेको बताइन् । तर, पारिवारीक समस्या, स्वभावजन्य भिन्नता जस्ता कारण महिलाले राम्रो पफर्मेन्स दिन नसकेको र कमाण्डर तहमा कम संख्यामा महिला पुगेको बताइन् । प्रहरीभित्रका महिला पनि पारिवारीक र अन्य व्यक्तिगत समस्यालाई व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको उनको भनाई थियो ।

। कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष भानुभक्त आचार्य, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारुमगर, महासंघका केन्द्रीय पार्षद्द्वय नानीमैया बिष्ट र अञ्जली थापा लगायतको आतिथ्यता रहेको थियो । क्रियाशील पत्रकार महिला मकवानपुरकी अध्यक्ष रञ्जीता डंगोलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपाध्यक्ष रेश्मी कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।