nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बाल विकास सहयोगी कार्यकर्ताहरुद्वारा थाहा नगरमा ज्ञापनपत्र

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको बाल विकास सहयोगी कार्यकर्ता नगर समितिले थाहा नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । समितिले आफ्नो पेसागत हक अधिकारको लागि विभिन्न मागहरु राख्दै थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली समक्ष आइतबार ज्ञापन पत्र बुझाएका हुन । समितिका कार्यबाहक अध्यक्ष शोभा बस्नेतको नेतृत्वमा आएका टोलीले सहयोगी कार्यकर्ताहरुको पारिश्रमिक श्रम ऐनमा व्यवस्था भएको श्रमिकहरुको पारिश्रमिक भन्दा पनि न्युन रकम उपलब्ध गराइएको र लामो समयदेखी न्युन पारिश्रमिकमा काम गर्नु पर्ने बाध्यतालाई स्थानिय निकायले विशेष पहल गरि थप पारिश्रमिकको व्यवस्था गर्नु पर्ने, सहयोगी कार्यकर्ताहरुलाई उपलब्ध गराइएको पोशाक भत्ता पनि अत्यन्त न्युन भएकाले सरकारी दरबन्दी तथा राहत शिक्षकहरु वा सो सरह भत्ताको व्यवस्था गर्नुपर्ने र गत वर्षदेखि प्राप्त गर्नुपर्ने प्रदेशले दिने भनिएको प्रोत्साहन भत्ता बापतको रकम नपाएकाले एकमुष्ट निकासा गरिनु पर्ने लगायतका ३ बुँदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापनपत्र मार्फत समितिले गरेका मागहरुलाई वेवास्ता नगरी आगामी आर्थिक वर्ष देखि नै माग पुरा गरी कार्यकर्तालाई सहजरुपमा काम गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरिएको छ ।




https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।