nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाल विकास केन्द्रलाई शैक्षिक सामाग्री  वितरण

20160930_085342-1475317806.jpg

प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा निष्पक्ष युवा समूहको आयोजनामा चित्लाङ र बज्रवाराहीका १७ वटा बाल विकास केन्द्रका लागि शैक्षिक सामाग्री वितरण गरिएको छ । 
प्लानकी विकास संयोजक कान्छी श्रेष्ठको उपस्थितीमा वितरण भएको कार्यक्रममा निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली, बाल विकास केन्द्र निरीक्षक निर्मल गोपाली र बाल विकास केन्द्रका सहयोगी कार्यकताहरुको उपस्थिती रहेको थियो ।
बालबालिकाहरुका लागि काइयो, ब्रस, मन्जन, रुमाल, पेन्सिल, इरेजर, कलर पेन्सिल, कापी वितरण गरिएको थियो । चित्लाङ र बज्रवाराहीको बाल विकास केन्द्रमा  ३४० बालबालिका सिकाइ क्रियाकलापमा छन् ।