Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाल बिबाह बिरूद्दको अभियानमा गाउँ बाल संरक्षण समिति

मकवानपुरको इन्द्रसरोवर ४ र ५ मा क्रियाशील गाउँ बाल संरक्षण समितिले १० वैशाखमा बाल बिबाह गर्न लागेका दुई बाल बालिका र तिनको अभिभावकलाई सम्झाउने काम गरेका छन । 

गाउँ बाल संरक्षण समितिका सह सचिब पुस्कल गोले सागर र बाल मैत्री स्थानिय शासन समितिका सचिब हिरालाल बलामीको संयुक्त टोलीले  काठमाडौ जिल्ला नागार्जुन नगरपालिका सितापाइलामा डेरा गरि बस्ने इन्द्रसरोवर ५ कि १३ बर्षकि बिपना तामाङ र साबिक खानीखोला ८ धादिङ बस्ने विशाल भोम्जनका अभिभावक लाई सम्झाइ बुझाइ गरि बिबाह रोक्न सुझाएका हुन् ।

गोप्य रूपमा बाल बिबाह गराउने तयारी भै रहेको र सो का लागि बालिकाको आमा बाबू समेत नमानीरहेको भन्ने खबर आएपछी बालिकाको डेरामा गएर सम्झाउने काम भएको वडा कार्यालयका कार्यालय सहायक समेत रहेका हिरालाल बलामीले जानकारी दिए । टिकाटालो गरि लैजाने योजना अनुरूप अन्तिम तयारी भैरहेको बेला पुगेका टोलीले बिबाह भैहालेमा कानुनी प्रक्रिया अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको बलामीको भनाइ छ ।



https://thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।