nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालमैत्री वडा घोषणको तयारी पुरा, उपस्थितिको लागि अनुरोध

प्रदेश नम्बर ३ कै पहिलो घोषणाको रुपमा इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ लाई बालमैत्री वडा घोषणाको कार्यक्रमको पुर्ण तयारी पुरा भएको छ । बिश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गतेको अवसर पारेर आयोजना गरिएको कार्यक्रमले बालमैत्री स्थानीय शासनको प्रणालीका लागी इन्द्रसरोवर गाउँपालिकाको साबिक फाखेल गाबिसले बालमैत्री स्थानीय शासनको सुचकहरुमा ९५ प्रतिशत पुरा गरेको जनाउँदछ । जस अनुरुप नै सुचकहरुको शतप्रतिशत नजिक पुगेको तथ्यांकअनुसार नै फाखेलले घोषणा समारोहको आयोजना गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सन्चालन हुने बालमैत्री घोषणा कार्यक्रम प्रदेश नं ३ का मुख्य मन्त्री माननीय डोरमणी पौडेल, मकवानपुर जिल्ला क्षेत्र नं २ संघीय सभाका सदस्य माननीय सांसद बिरोध खतिवडा, प्रदेश नं ३ सामाजिक विकास मन्त्री युबराज भुसाल, मकवानपुर जिल्ला क्षेत्र नं २ ‘ख’ प्रदेश सभाका माननीय सांसद कुमारी मोक्तान, मुनु सिग्देल, ३ नं प्रदेशका प्रमुख सचिब रेश्मीराज पाण्डे लगायतको बिशिष्ट आतिथ्यता रहने घोषणा मुल समारोह समितीले बताएका छन् । कार्यक्रममा बिभिन्न जातिय संस्कृति अनुसारका झाँकी प्रदर्शन, सांस्कृतिक नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा बालमैत्री वडा घोषणा गरिने कार्यक्रम रहेको छ । इन्द्रसरोव गाउँपालिकाको वडा नं ४ पुरण्डीमा सन्चालन हुने नेपाल कै एतिहासिक कार्यक्रममा उपस्तिथिको लागी सङ्युक्त वडा घोषणा मुल समारोह समितिले संबंधित सबैमा अनुरोध समेत गरेका छन ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।