nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालमैत्री भयो फाखेल, कठिन काम सबैको पहलकदमीबाट सम्पन्न हुन्छ: मन्त्री पण्डित

IMG_20180612_161909-1528863242.jpg

गर्दा के हुँदैन ? कठिन काम पनि सबैको सहयोग र पहलकदमीबाट सम्पन्न हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितले बताएका छन्  । इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ लाई बालमित्री वडा घोषणा समारोहको ऎतिहाँसिक समयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पण्डितले निरन्तर लागिपरेमा जस्तो सुकै काम गर्न सकिने उदाहरण सबिक फाखेल गाबिस तथा हालको इन्द्रसरोवर गाउँपालिका ४ र ५ नं वडाले देखाएको भन्दै यस्तो बताएका हुन । अथक प्रयासमा प्रदेश नं ३ कै पहिलो बालमैत्री घोषणा गरेर सुखी नेपाली, खुशी नेपाली र समृद्ध नेपाल निर्माणको सन्दर्भमा बालबालिकालाई पनि बालमैत्री अभियानको रुपमा समाएर अघि बढेको प्रती पण्डितले सरकार र आफ्नो ब्यक्तिगत तर्फबाट बधाई दिएका छन् । भौतिक बिकासले मात्रै नेपालका बालबालिकाहरु खुशी नहुने बताउँदै भौतिक सङ्गै सामाजिक, स्वास्थ र रोजगारीको क्षेत्रमा पनि बिकास हुनुपर्ने बताए । ३ नं प्रदेश १  नं बन्न सक्ने भन्दै त्यसको लागी आआफ्नो ठाउँबाट प्रस्तावहरु आएमा आफ्नो तर्फबाट गर्नुपर्ने कर्तव्य, दायित्व र जिम्मेवारी पुरा गर्न सेवा प्रवाह र जनप्रतिनिधिसङ्ग राष्ट्रसेवक मिलेर काम गर्न पछि नहट्ने बताए ।


"स्वच्छ स्वस्थ र आर्थिक समृद्धिका लागी बालमैत्री गाउँपालिका निर्माण हाम्रो अभियान, सबै क्षेत्रमा बालमैत्री संरचना इन्द्रसरोवर गाउँपालिकाको पहिलो पहिचान" भन्ने नाराको साथमा सन्चालन भएको कार्यक्रममा बोल्दै केन्द्रीय बालकल्याण समितिका प्रमुख आत्माराम थापाले जहाँ अनुभवी समेत पुग्दैन त्यहाँ बालमैत्री फाखेलको छवि पुग्नु पर्ने बताएका छन् । भौतिक बिकास संगै सामाजिक बिकास महत्त्वपूर्ण रहेको बताउँदै नेपालमा ३५ हजार ४१ जना जनप्रतिनिधिहरु रहँदा सबैले आआफ्नो कार्यकालमा १ वटा मात्र राम्रो काम बालबालिकाको लागी गर्न सक्यो भने नेपालको बिकास गर्न कुनै गाह्रो कुरा नभएको बताए । हालसम्म सरकारले भौतिक बिकासलाई मात्र जोड दिएको हुनाले अब जनप्रतिनिधिहरुले बालबालिकाको लागी निश्चित रकम बिनियोजन गर्ने बाध्यकारी नियम बनाउन अनुरोध समेत उनले गरे । साथै केन्द्रिय बालकल्याण समितिको तर्फबाट इन्द्रसरोवर गाउँपालिका ४ र ५ मा बालबालिका स्रोत केन्द्र स्थापना गर्ने, दुबै वडाको असल सिकाइलाइ देशभर प्रचार प्रसार गर्ने, दुबै वडाको बिषयमा अध्ययन अनुसन्धान गर्ने, प्राबिधिक पृष्ठपोषण दिने र घोषणाको अभियान टिकाइ राख्ने वडा नीती निर्माणमा प्राबिधिक सहयोग गर्ने लगायतका ५ वटा प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 
ऎतिहाँसिक घोषणा समारोह मार्फत माननीय मन्त्री पण्डितले बालमैत्री वडा घोषणाको कार्यबिधी कार्यान्वयन र परिपालनाको लागी प्रतिबद्धता पत्रमा सामुहिक हस्ताक्षर गरेका छन्  । साथै २०६३ सालदेखिको अथक प्रयास बालमैत्री घोषणा अभियानलाइ पुर्ण सार्थकता दिदै इन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ वडालाई बालमैत्री वडा हो भनी घोषणाका लागी तयार पारिएको घोषणापत्र वाचन गर्दै हस्ताक्षर गरि बालमैत्री वडा घोषणा गरेका छन् ।
 समारोहमा इन्द्रसरोवर गाउँपालिकाको ४ र ५ नं वडाले अथक प्रयासमा आफ्नो वडाहरुलाई इतिहासमै नाम लेखाउन सफल भएको प्रती बधाई एबम खुशी व्यक्त गर्दै इन्द्रसरोवर गाउँ कार्यपालिकाको कार्यालयको तर्फबाट गाउँपालिका अध्यक्ष जीवन लामा, उपाध्यक्ष उमा लामा, कार्यकारी अधिकृत सैलेन्द्र भण्डारी लगायतको समुहले वडा नं ४ का अध्यक्ष धनबिर स्याङ्तान र वडा नं ५ का अध्यक्ष धनराज महर्जनलाई ५/५ लाख रुपैयाँको (चेक) पुरस्कार सहित कदरपत्र प्रदान गरेका छन् ।

संयुक्त बालमैत्री वडा घोषणा मुल समारोह समितिका संयोजक धनराज महर्जनको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मकवानपुर जिल्ला क्षेत्र नं २ संघीय सभाका माननीय सांसद बिरोध खतिवडा, प्रदेश नं ३ का प्रमुख सचिब रेश्मी राज पाण्डे, प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर स्भेन कोपेन्स, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, मोदी गाउँपालिका चित्रे पर्वतका अध्यक्ष एवम् बालमैत्री स्थानीय शासन समितिका संयोजक प्रेम शर्मा पौडेल लगायतको बिशिस्ट आतिथ्यता रहेको थियो भने मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, बालमैत्री सहजकर्ता डा. कमल फुयाल लगायत जिल्ला तथा जिल्ला बाहिरका बिभिन्न संघसंस्थाका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा राष्ट्रिय कलाकारहरु र जादुगर समेतको रोचक प्रस्तुति रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।