nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 17th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालबालिकाले खेलेको देउसी–भैलोको रकम ज्येष्ठ नागरिकलाई

‘नजिकैको आश्रममा हजुरबा–हजुरआमा सरहका ज्येष्ठ नागरिकहरु छन्, उनीहरुलाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।’

जनप्रिय नमुना माध्यमिक बिधालयमा क्रियाशील दिव्य सेवा बाल क्लबका सदस्यहरुले ज्येष्ठ नागरिकलाई ‘केही गर्न’का लागि तिहारलाई अवसर बनाए । अनि देउसीभैलो खेले र २१ हजार रुपियाँ संकलन गरे । यो विद्यालय हेटौंडा–१९ हटियामा रहेको छ । 

देउसी खेलेर जम्मा गरेको २१ हजार एक सय ५५ रुपियाँ उनीहरुले बुधबार जेष्ठ नागरिकका लागि हस्तान्तरण गरे । नजिकैको दिव्य सेवा निकेतनमा रहेका ज्येष्ठ नागरिकको सेवामा उनीहरुले यो रकम हस्तान्तरण गरेका हुन् । 

‘आश्रममा रहेका हजरबा–हजुरआमा सरहका ज्येष्ठ नागरिकहरुका लागि थोरै भए पनि सहयोग गर्न पाउँदा ज्यादै खुशी छौं,’ बाल क्लबका सदस्य प्रतिक्षा गर्तौलाले भनिन्, ‘उनीहरुको सेवा गर्न पाउँदा आनन्द लागेको छ ।’ 

क्लबका पदाधिकारीहरु गर्तौला, सबिन ढकाल, अस्मिता रुम्बा, रमिता ढकाल लगायत मिलेर देउसीभैलो खेलेका थिए । हटियाको धिमाल टोल, प्रेम नगर , पुर्बेली टोल र चुरियामाईको शिखरपानी टोलमा देउसी खेलेको रमिला ढकालले बताइन् । 

दिव्य सेवा निकेतनका अध्यक्ष तेजराम निरौलाले रकम बुझेका थिए । उनले भने–‘यो रकमले ज्येष्ठ नागरिकको उपचार गर्छौं ।’ बालबालिकाले देउसी–भैलो खेलेर दिएको रकम आश्रममा आश्रित ज्येष्ठ नागरिकको स्वास्थ उपचारको लागि खडा गरिएको उपचार कोषमा जम्मा हुने उनले बताए । बालबालिकाले वृद्धवृद्धाको सेवामा अनुकरणीय काम गरेको भन्दै उनले यसको अनुशरण सबेले गर्नुपर्ने धारणा राखे ।  

कार्यक्रममा आश्रमकी प्रमुख संरक्षिका सुनिता बाईजी, निकेतन शाखा मकवानपुरका सचिब अर्जुन पोखरेल, क्लबका शिक्षक नायक युक्तलाल बिश्वकर्मा, डिल्ली सुवेदी लगायतले बालबालिकाको उक्त कामको प्रशंसा गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)