Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बालबालिकालाई निमोनिया हुन नदिन के गर्ने ?

pnimonia-1612259824.jpg

बालबालिकाको फोक्सोको संक्रमणलाई निमोनिया भनिन्छ । सामान्यतय हावाले भरिने फोक्सोको सानो भाग निमोनिया संक्रमणका कारण तरल पदार्थले भरिदिदा सास फेर्न गाह्रो हुन्छ । 

निमोनिया विभिन्न ब्याक्टोरिया भाइरस तथा अन्य सुक्ष्म जिवाणुले गराउँछ । खोक्दा, हाच्छ्यु गर्दा हावाको माध्यमबाट र जिवाणुले प्रदुषित सतहबाट एक अर्कामा निमोनिया सर्छ । 

बालबालिकामा निमोनिया भएको कसरी थाहा पाउने 

बालबालिकाले सामान्य भन्दा छिटो छिटो सास फेरेमा,

ठस ठस कनेमा, 

कोखा हानेमा, सास फेर्दा नाक फुल्ने भएमा,

घाटिको मांसपेशि बढि चलेमा,

ओठ र हालखुट्टाका औला निलो भएमा 

ज्वरो रुघाखोकि लाग्दा बालबालिकाले एक मिनेटमा कति भन्दा बढि पटक सास फेरेमा निमोनियाको लक्षण हो । 

एक महिनाको शिशुले ६० पटक 

एक महिनादेखि एक बर्ष सम्मको बालबालिकाले ५० पटक 

एक देखि पाँच बर्षसम्मका बालबालिकाले ४० पटक 

पाँच देखि १२ बर्षसम्मका बालबालिकाले ३० पटक 

१२ बर्ष भन्दा माथिकाले २० पटक 

बालबालिकालाई निमोनिया हुन नदिन के गर्ने

राष्ट्रिय कार्यक्रम अनुसार दिइने कुनै पनि खोप नछुटाउने 

बर्षेनि दुई डोज एक महिनाको अन्तरालमा इन्फुल्न्जाको खोप लगाउने 

बालबालिकाले खाने भाँडा, कपडा, खाना सेयर नगर्ने

समय समयमा साबुन पानिले हात धुने र ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने, बाहिर निस्कदाँ मास्कको प्रयोग गर्ने

रुघा खोकि र ज्वरो आएको व्यतिबाट टाढा राख्ने 

६ महिनासम्म स्तनपान मात्र गराउने, ६ महिनापछि अन्य खानेकुराको साथै २ बर्षसम्म स्तनपानलाई निरन्तरता दिने 

घरमा धुम्रपान नगर्ने, आगोको धुवाँबाट बालबालिकालाई टाढा राख्ने 

बालबालिकाले प्रयोग गर्ने भादाँ देनिक तातोपानिले सफा गर्ने साथे खेलैनाहरु पनि स्यानिटाइन गर्ने 

कुपोषण, रगतको कमीको तुरुन्त पहिचान गरि उपचार गर्ने 

बालबालिकालाई निमोनियाको खोप कहिले लगाउने ?

राष्ट्रिय कार्यक्रम अनुसार बालबालिकालाई निमोनियाको खोप ६ हप्ता,  १० हप्ता र ९ महिनामा लगाइन्छ । त्यसपछि स्वस्थ्य बालबालिबालाई धेरै लगाइराख्नु पर्दैन । 

खोप नलगाएको वा बिचमा छुटेको भए के गर्ने ?

२ बर्ष भन्दा कम उमेरका बालबालिकाको लागी डाक्टरको परामर्शमा मात्र पुरा खोप लगाउनुपर्छ । 

२ बर्ष उमेर कटेका बालबालिकाको लागी निमोनिया खोपको १ डोज मात्र लगाए पुग्छ । 

क्यान्सर, मिर्गौलामा समस्या, आास्थमा, सिकसेल, एनिमिया, मुटु र कलेजो सम्बन्धि दिर्घ रोग, एच आइ भि मधुमेह र भित्री कान प्रत्यारोपण जस्ता समस्या भएका २ बर्ष माथिका सबैर्ले  डाक्टरको परामर्शमा निमोनियाको खोप लगाउनु अनिवार्य हुन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)