Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बालबालिकालाई छात्रवृत्ति, बालिकालार्इ सेनेटरी प्याड वितरण

थाहा नगरपालिका कार्यलयको बालबालिका लक्षित योजना कार्यक्रम अन्तरर्गत १६ वटा प्रावि,५ मावि र र ३ निमाविलाई सेनेटरी प्याड,प्रथमिक उपचार र स्टेशनरी सामाग्री बितरण गरिएको छ ।

थाहा नगरपालिका प्रमुख लवशेर विष्टको अध्यक्षतामा विपन्न,अति विपन्न र अपाङगता भएका बिद्यार्थीहरुका लागि उक्त सामाग्री वितरण गरिएको हो । थाहा नगरको २४ वटा बिधालयमा अध्यनरत बिधार्थीहरु मध्ये ६४ जना विपन्न र अति विपन्न ६६ जना बिद्यार्थीलाई छात्रवृति दिएको हो । त्यस्तै अपाङ्गता लक्षित योजना अन्तरर्गत ११ बिद्यालयका ४५ जना बिधार्थिलाई छात्रवृत्ति बाँडिएको हो ।

सेनेटरी प्याड भने मावि र निमाविका विद्यर्थीलाई मात्र बाँडिएको थियो । यस्तै पाथमिक उपचारका लागि लक्षित योजना अन्तरर्गत १६ वटा प्रविलाई सामग्री वितरण गरिएको हो । थाहा नगरपालिकाको  आयोजनामा नगरका बिभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्र्थीरुलाई पढ्नमा उत्प्रेरित गर्ने उद्देस्यले सामाग्रीहरु वितरण गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले बताए ।                 

कार्यक्रममा कृषि प्रसार अधिकृत सञ्जय तिवारी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, विभिन्न स्कुलका प्रअ तथा शिक्षक प्रतिनिधि,विद्यार्थी र अभिभाबकहरुको सहभागिता रहेको थियो ।