Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बालदिवस कै नारामा इन्द्रसरोवरमा वक्तृत्वकला, बत्सलादेवीका हार्दिका भइन प्रथम

vela-1537014365.jpg

उत्तरी मकवानपुरको इन्दसरोवर गाउँपालिकामा राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।  सुखी नेपाली, समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार भन्ने यस वर्षको नारालाई नै वक्तृत्वकलाको विषय बनाएर कार्यक्रम गरिएको हो ।गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा गाउँपालिका नासु उपेन्द्र नाथ पोखरेलको संयोजकत्वमा तीन सदस्यीय निर्णायक मण्डलद्वारा बत्सलादेवी मा।वि। का छात्रा हार्दिका विष्ट प्रथम हुन सफल भएकी छिन् । यस्तै द्वितीयमा पनि बत्सलादेवी कै छात्र प्रवेश परियार र महाचुनी मा।वि। खड्बुका अञ्जली थोकर तृतीय हुन सफल भएका छन् । 

गाउँपालिकाले यसै कार्यक्रमकै अवसरमा इन्द्रसरोवर गाउँपालिका भरी मै २०७४ सालमा एस।इ।इ मा प्रथम स्थान हासिल गर्न सफल पञ्चकन्या मा।वि का छात्रा पुर्णिमा गोले र सरस्वती बालबोधिनी मा।वि।मार्खुका छात्र लक्ष्मण बलामीलाई बधाई सहित नगद १५र१५ हजार रुपैयाँ, प्रमाणपत्र प्रदान गरिएको छ । साथै विद्यालयहरुको हिसाबमा उत्कृष्ट नतिजा ल्याउन सफल पञ्चकन्या र सरस्वती विद्यालयलाई पनि प्रसंसा पत्र पदान गरेको छ ।


कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमाकुमारी लामा, समाजिक विकास शाखा प्रमुख, २ नं वडाका वडाध्यक्ष राजुमान महर्जन, प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारी लगायतको सहभागीता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।