nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालक्लबका सदस्यको क्षमता विकास गराउँदै ’साथी सहकार्य नेपाल’

जिल्ला बालक्लब संजाल, गाउँपालिका र नगरपालिकाका बालक्लब संजालहरुका लागि चारदिने नेतृत्व विकास तथा क्षमता विकास तालीम हेटौंडामा शुरु भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको सहयोग, बाल कल्याण समिति मकवानपुर, जिल्ला बालक्लब संजाल र महिला तथा बालबालिका कार्यालय मकवानपुरको समन्वयमा भएको तालीमको आयोजना साथी सहकार्य नेपाल मकवानपुरले आयोजना गरेको हो ।  साथी सहकार्य नेपाल बालक्लबमा सक्रिय बालबालिकाको संस्था हो । 

२६ जेठबाट शुरु भएको तालीम २९ जेठसम्म संचालन हुने साथी सहकार्य नेपालले जनाएको छ । बालबालिकाको नेतृत्व विकासका साथै बालमैत्री स्थानीय शासन लागू गर्न पहल गर्ने लगायतको उद्देश्यले आयोजना गरिएको तालीमममा मकवानपुरको आठ गाउँपालिका र एक नगरपालिका तथा एक उपमहानगरपालिकाका बालबालिकाको सहभागिता रहेको छ । सहभागीहरुलाई कुमार रुम्बाले सहजीकरण गरिरहेका छन् । 

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यमा भएको तालीम उद्घाटन कार्यक्रम साथी सहकार्य नेपालका अध्यक्ष सुदन विश्वकर्माको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा विशेष अतिथी रहेका थिए । कार्यक्रममा होस्टेहैसे समूहका अध्यक्ष माधव न्यौपाने, प्लान इन्टरनेशनलका बालअधिकार तथा लैङ्गिक कार्यक्रम संयोजक राम खत्री, जिल्ला बालक्लब संजालका पूर्व अध्यक्ष सुशान्त गजमेर, वर्तमान अध्यक्ष शुसन विश्वकर्मालगायतकाको आतिथ्यता रहेको थियो ।  



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।