nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बालअधिकार र बालसंरक्षणबारे प्रहरीसँग अन्तरक्रिया

CWIN-1637154277.jpg

२० नोभेम्वर अन्तरराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सिविन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा बालअधिकार, बालसंरक्षण, बालमैत्री सेवा प्रवाहमा नेपाल प्रहरी एवं बालहेल्पलाइन १०९८ को भुमिका विषयमा एकदिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा बालअधिकार, बाल संरक्षण, बाल विवाह, अनलाईनमा बालबालिकाहरुको प्रयोग एव दुरुपयोग, बालबालिकाहरुको उद्धार, संरक्षण, परामर्श, पुर्नस्थापना, शारिरीक दण्ड, हिंसा, यौनदु्ब्र्यवहार, हराएका तथा  फेला परेका बालबालिकाहरुको सन्र्दभमा कसरी बालहेल्पलाइन १०९८ र नेपाल प्रहरीसँग समन्वय गरि कार्य गर्दा प्रभावकारी हुन्छ भन्ने सन्दर्भमा मकवानपुर जिल्लाका विभिन्न प्रहरी चौकी, इलाका तथा जिल्ला प्रहरीमा कार्यरत कर्मचारीहरुसँग अन्तरक्रिया भएको बाल हेल्पलाइन जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए । 

मकवानपुर जिल्लामा सिविन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बालअधिकार परिषदको सहकार्यमा सिविन नेपालले संचालन गरेको बालहेल्पलाइन संचालन कार्यविधि २०७६ को बारेमा समेत जानकारी गराउनुका साथै प्रहरी र बालहेल्पालाइनको समन्वयमा विगतमा भएका बालबालिकाका घटनाकाको सन्र्दभमा समेत छलफल भएको थियो । पछिल्लो समयमा बालबालिकाहरु कसरी सामाजिक संजालको लतमा परि समस्यामा परेका छन र सामाजिक संजालको दुरुपयोगका कारण दुब्र्यवहार, बालविवाह तथा विद्यालय समेत जान छोडि कुलतमा फसेका विषयमा सहभागि विचमा छलफल भएको थियो । 
 
कार्यक्रममा बोल्दै प्रहरी नायब उपरीक्षक.जयश्वर रिमालले सो कार्यक्रमबाट सहभागीहरुलाई बालअधिकार तथा बालसंरक्षणका विषयमा धेरै बुझ्ने अवसर मिलेको र सो अवसरलाई ब्यवहारमा लागु गर्न सबैलाइ अनुरोध गरे । उनले आगामी दिनमा बालहेल्पलाइनसँग थप सहकार्य गरी अगाडि बढ्ने जानकारी समेत गराए । कार्यक्रममा ४५ जना विभिन्न  दर्जाका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सिविन नेपालका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले गरेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)