Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाटो खुल्यो मोटर चल्यो, चित्लाङ–थानकोटको.....

Chandra-1539571149.jpg

मकवानपुरेको पर्यटकीय नगरी थाहा नगरपालिकाकलाई काठमाण्डौं जोड्ने सबैभन्दा छोटो मार्ग चित्लाङ थानकोट रुटको गणेशमान सिं मार्ग संचालनमा आएको छ । सडकको स्तरोन्नतीको क्रममा अवरुद्ध सडक दशैको अवसरमा संचालनमा ल्याइएको हो ।

थाहा नगरपालिका वडा नं. ९ चित्लाङबाट १३ किलोमीटरको दुरी र चन्द्रागिरी भन्ज्याङबाट ८ किलोमीटरको दुरीमा यो भएर काठमाण्डौको थानकोट पुग्न सकिन्छ । यो मार्ग सुचारु भएसंगै थाहानगर भएर काठमाण्डौं जाँदा अब गरबासीहरुलाई नौबिसे नागढुङ्गाको जाम व्यहोर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

चित्लाङ चन्द्रागिरीबाट अहिले टाटा सुमो, हाइलक्स, फोर्स गाडी, माइक्रोबसहरु सहजै संचालन भएका छन् भने मिनिबसहरु पनि संचालन भइरहेका छन् । गणेशमान सिं मार्गमा सजहै आवतजावत गर्न सकिने भएपछि चित्लाङ सहित थाहानगरमा भित्रने आन्तरिक तथा बाह्यि पर्यटकको संख्या वृद्धि भएको होटल व्यवशायी रामशरण नेपालले बताए । सडक पिच गरी ठूला गाडी समेत संचालन हुन सक्ने वातावरण बनेपछि थप पर्यटकको आवागमन वृद्धि हुने नेपालले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०