Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाग्लुङ कालिकालाई लियो क्लब अफ पिस थाहाको स्वागत 

Leo-1506569112.jpg

लियो क्लब अफ बाग्लुङ कालिकाको पदाअधिकारीहरुलाई लियो क्लब अफ पिस थाहाले एक समारोहकाबीच स्वागत गरेको छ । स्थापनादेखि नै सामाजिक क्षेत्रमा क्रियाशील लियो क्लब अफ पिस थाहाले पर्यटकीय नगरीमा भ्रमण आएका बागलुङका पदाअधिकारीलाइृ स्वागत गरेको हो । 

लायन्स क्लब अफ पिस थाहाका अध्यक्ष लायन सुरेन्द्रमान प्रधान, लियो क्लब अफ पिस थाहाका अध्यक्ष लियो अनित बिष्टले पाहुनाहरुलाई टीका, माला लगाई स्वागत गरेका थिए ।

बागलुङ कालिकाका पदाअधिकारीहरुलाई थाहानगरको होटल फेमेलीमा कार्यक्रमको आयोजना गरी स्वागत कार्यक्रम गरिएको हो । लियो थाहाका अध्यक्ष विष्टले लियो क्लब अफ पिस थाहाले बागलुङ भ्रमण गरेको छोटो समयमै बागलुङ कालिकाको उपस्थितिले निक्कै खुशी महशुस भएको प्रतिक्रिया दिए । थाहाको भ्रमणमा आएका पाहुनाहरुले नगरका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण गरेका छन् । 

लियो क्लब अफ पिस थाहाले लियो क्लब अफ बाग्लुङ कालिकाको आयोजनामा भएको प्रथम काउन्सिल बैठकमा सहभागी हुन ३१ भाद्रमा बागलुङ पुगेका बेला थाहा भ्रमणको लागि निमन्त्रणा गरेको थियो । बागलुङमा भएको कार्यक्रममा लियो क्लब अफ पिस थाहाले दुई अवार्ड पाएको थियो ।  
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०