Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागेश्वरी महिलामा पुनः शर्मिला

IMG_9479-1505886502.JPG

हेटौंडा ११ को बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला श्रेष्ठ अध्यक्षमा चयन भएकी छिन् । सहकारीको ३ असोजमा भएको ९ औँ बार्षिक साधारण सभाले ३ बर्षका लागि श्रेष्ठको नेतृत्वमा ९ सदस्सीय सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा धन बिडारी, सचिवमा अनिता खतिवडा बञ्जारा, कोषाध्यक्षमा आशा अर्याल र सदस्यहरुमा सीता न्यौपाने, शर्मिला अर्याल, जानुका बानियाँ, बेलकुमारी श्रेष्ठ, मैया मोक्तान रहेका छन् ।

त्यस्तै, भेलाले लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा सीता सापकोटा तथा सदस्यहरुमा दिलकुमारी श्रेष्ठ र एलिना कडेँल चयन गरेको छ । साथै संयोजक सहकारीको सञ्चालक समितिले चयन गर्ने गरि ऋण समितिमा रमा बर्तौला र अञ्जु प्याकुरेललाई तथा शिक्षा समितिमा मेनुका गजुरेल र सीता अधिकारीलाई सदस्यमा चयन गरेको छ ।

बागेश्वरी महिला सहकारीले बार्षिक साधारण सभामै जिल्ला समन्वय समिति मकवानपुरकी उपाध्यक्ष भगवती पुडाशैनीलाई सम्मान गरेको छ । सहकारी अभियानमा महत्वपूर्ण सहयोग पु¥याएको तथा सहकारी र महिला अधिकारका क्षेत्रमा राजनितिक रुपबाट योगदान पु¥याएको भन्दै दोसल्ला ओडाएर सम्मानित गरिएको हो ।

कार्यक्रम मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष एवम् केन्द्रिय सहकारी संघका सञ्चालक बद्री लम्सालको प्रमुख आतिथ्य, जिल्ला समन्वय समिति मकवानपुरकी उपाध्यक्ष भगवती पुडाशैनीको बिशिष्ट आतिथ्य तथा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठ सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उत्कृष्ट नियमित बचत, उत्कृष्ट व्यबसायी, पहिलो बृद्धा आमाहरु, खुत्रुके बचत, असल ऋणी, शिक्षा बचत, गाईपालक आमा समूहहरु, समूह तथा टोल बिकास संस्थालाई पुरस्कार प्रदान गरिएको थियो भने शंकर ज्योति आधारभूत बिद्यालयका बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिबेदन अध्यक्ष श्रेष्ठले, आर्थिक बर्ष २०७३÷७४ को बार्षिक प्रगति प्रतिबेदन तथा आर्थिक बर्ष २०७४÷७५ को प्रस्तावित कार्यक्रम सचिव अनिता खतिवडाले, आर्थिक बर्ष २०७३÷७४ को बार्षिक आर्थिक प्रतिबेदन तथा आर्थिक बर्ष २०७४÷७५ को अनुमानित आय व्यय कोषाध्यक्ष आशा अर्यालले प्रस्तुत गरेका थिए । त्यस्तै, लेखा तथा सुपरिवेक्षण समितिकी संयोजक सीता सापकोटाले आर्थिक बर्ष २०७३÷७४ को लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, ऋण उपसमितिकी सदस्य सुनिता बिडारीले आर्थिक बर्ष २०७३÷७४ को ऋण उपसमितिको प्रतिबेदन प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सञ्चालक बिष्णुमायाँ लामा, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे, बागेश्वरी सहकारीका सल्लाहकार सिताराम बर्तौला, ग्रामिण महिला सेवा केन्द्रकी सदस्य मेनुका दाहाल, नवयुवा बचत तथा ऋण सहकारी संस्थाका सचिव फूलमान श्रेष्ठ, आनन्दभैरव निमाबिका प्रधानध्यापक कृष्णप्रसाद खनाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०