Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशमा कोरोना परीक्षण किट अभाव

makawanpur-1588843216.jpg

बागमती प्रदेशमा पीसीआर र आरडीटी परीक्षण किट अभाव भएको छ । संघीय सरकारबाट प्राप्त किट सकिन लागेको र अब आउने टुङ्गो नहुँदा अभाव भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

हामीलाई प्राप्त परीक्षण किट सिमित मात्र बाँकी रहेको छ, मन्त्रालयका प्रवक्ता डा। पुरुषोत्तम राज सेढाईले भने, ुहामीले थप किट माग गरेका छौं, छिट्टै प्राप्त हुने अपेक्षा छ । संघीय सरकारसँग पनि परीक्षण किट अभाव रहेकाले जनस्तरमा पुगेर पर्याप्त आरडीटी परीक्षण गर्न समस्या भएको उनले बताए । 

बागमती प्रदेभभित्र रहेका पाँचवटा ल्याबमा बुधबारसम्म दुई हजार दुई सय ५६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । तीमध्ये ७ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । भरतपुर अस्पतालमा दुई कोरोना पोजेटिभ देखिएका २ जनाको उपचार भइरहेकोमा एकजना निको भएर घर फर्किएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ जना र पाटन अस्पतालमा २ जना उपचारपछि घर फर्किको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षण सबैभन्दा धेरै काभ्रेमा ५ सय ९३ जनामा गरिएको छ । रसुवाका जम्मा २ जनामा मात्र परीक्षण गरिएको मन्त्रालयको तथ्यांक छ । हालसम्म हेटौंडामा रहेको पीसीआर ल्याबबाट मात्र ४ सय ६० जनाको स्वब परीक्षण गरिएको छ । 

हेटौंडाको ल्याबमा पनि परीक्षण किट अभाव भएको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले जनाएको छ ।  बुधबारसम्म प्रदेशभर ८ हजार ९ सय ४० जनाको आरडीटी परीक्षण गरिएको छ ।

तीमध्ये १९ जनामा पोजेटिभ देखिएको थियो । तीमध्ये सबैभन्दा धेरै काठमाडौंमा २ हजार ६ सय ३३ जना र सबैभन्दा कम रसुपामा ९८ जनामा आरडीटी परीक्षण गरिएको छ । 

९ जिल्लाको सरकारी क्वारेन्टाइन खाली

बागमती प्रदेशको ९ जिल्लामा सरकारले निर्माण गरेको क्वारेन्टाइन खाली छ । प्रदेशभर ३ हजार ९ सय ७१ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएकोमा हाल १ सय ८३ जना मात्र क्वारेन्टाइनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तीमध्ये धादिङमा १ सय ४०, सिन्धुपाल्चोकमा ३६, रसुवामा ६ र नुवाकोटमा १ जना रहेका छन् ।  प्रदेशभर घरमै क्वारेन्टीनमा बस्नेहरु भने २ हजार ४ सय ८९ जना रहेका छन् । तीमध्ये नुवाकोटको मात्र १ हजार ३ सय १ जना रहेको मन्त्रालयको तथ्यांक छ । ुकाठमाडौंबाट घर फर्किने पछिल्लो समय बढेकाले घरमै क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेको हो,मन्त्रालयका प्रवक्ता सेढाईले भने। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०