Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागमती प्रदेशको कोरोना भाईरस सङ्क्रमण रोकथाम कोषमा मेघा बैंकको ५ लाख

DM-1585928563.JPG

बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेघा बैंकले सहयोग गरेको छ। बैंकका हेटौंडा शाखा प्रमुख निरन्जन देबकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई ५ लाख रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बिश्वलाई नै आक्रान्त पारेको कोरोना भाईरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख देबकोटाले बताउनुभयो । मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गर्नुभयो । बिपदको बेला सबै एकै ठाउँमा उभिनु पर्ने उहाँको भनाई थियो ।