Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशका सबै विद्यालयहरुमा स्टाफ नर्स राखिने

बाग्मती प्रदेश सरकराले आफ्नो प्रदेश भित्र रहेका सबै विद्यालयहरुमा स्वास्थकर्मी राख्न सुरु गरेको छ ।

पहिलो चरणमा १३ जिल्लाका १८ स्थानीय तहको विस ओटा माध्यामीक विद्यालयहरुमा स्टाप नर्स राखी त्यसको प्रभावकारीताको परिक्षण गरिएको थियो । यसको नतिजा अत्यान्त प्रभावकारी पाए पछी अब बाग्मती प्रदेशका सबै विद्यालयहरुमा एक विद्यालय एक स्वास्थ्य कर्मी राख्ने तयारी पुरा भएको सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशले जनाएको छ ।

यसरी प्रत्येक विद्यालयमा स्वास्थ्य कर्मी राख्नुको मुख्य उद्देश्य बालवालीकाहरुको ब्यक्तिगत स्वास्थ्यकाको बारेमा थाह पाउनु र उनिहरको स्वास्थ्य अवस्था आफ्ना अभिभावकका साथै विद्यालयलाई जानकारी गराउनु रहेको छ । यसका साथै विद्यालयको सरसफईलगाएत निम्न माध्यामिक तहदेखी माध्यामीक तहका बालीकाहरुमा हुने महिनावारीको समयमा देखापर्ने विभिन्न समस्या, समाधान र परामर्सका लागी पनी यस्तो ब्यवस्था गरिएको हो । जस्का कारण बालीकाहरुमा महिनावारीको समयमा आउने स्वास्थ्य समस्याका कारण विद्यालय छाड्ने समस्या समाधान गर्न सकिने पनी मन्त्रालयले जनाईएको छ ।

मन्त्रालयका अनुसार प्रदेश सरकारले बाग्मती प्रदेश भरका एक सय १९ स्थानीयतहरुमा यसै आर्थिक वर्षदेखी कम्तीमा प्रत्येक स्थानीय तहहरुको एक माध्यामीक विद्यालयमा स्टाप नर्सको ब्यवस्था गर्ने छ । आगामी वर्ष भित्रमा बाग्मती प्रदेशका १३ जिल्लाका १३ सय पचास विद्यालयहरुमा प्रत्यकमा एक एक जना स्टाप नर्सको ब्यवस्था गर्ने तयारी पुरा भएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०