Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बागमती प्रदेशका एमआईएस अपरेटर र फिल्ड सहायकहरुलाई तालिम

IMG_4629-1584505839.JPG

बागमती प्रदेशका एम आई एस अपरेटर र फिल्ड सहायकहरुका लागि काठमाण्डौंमा समाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धि प्रशिक्षण सुरु भएको छ ।  


सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत बागमती प्रदेशका १ सय १९ स्थानीय तहका एम आई एस अपरेटरको लागि ६ दिने र फिल्ड सहयकहरुको लागि ३ दिने तालिम सुरु भएको हो । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तालिम भएको हो । 

कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले एम आई एस र फिल्ड सहायकको नियुक्तिले स्थानीय तहमा हुने सामाजिक सुरक्षा भत्तामा पारदर्शिता देखिने विश्वास व्यक्त गरे । सामाजिक सुरक्षामा भएको बिसङ्गती र विकृतिलाई निर्मुल पार्दै वास्तविक नागरिकसम्म सामाजिक सुरक्षा वितरण गर्न सबै सकृय भै लाग्नका लागि उनले अनुरोध गरे ।

विभागबाट यस वर्ष मात्र देशभर ३ हजार युवालाई रोजगारी प्रदान गरिएको जनाइएको छ । विभागले राष्ट्रिय परिचयपत्र वितरणको कार्य भने आर्को आर्थिक वर्षबाट मात्र सुरु गर्ने निर्देशक शिवराज जोशीले बताए । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तह सहित काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ लगायत १३ वटा जिल्लाका  एम आइ एस र फिल्ड सहायकहरुको सहभागीता रहेको छ । तालिम फिल्ड सहायकहरुको चैत्र ६ गते सम्म र एम आई एस हरुको चैत्र ९ गते सन्चालन हुनेछ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।