Tuesday, 8th September, 2026
वि.स.

बस्नेतलाई २ सय २१ मतले पछिपार्दै बरुवाल पाथिभराको अध्यक्षमा निर्वाचित

थाहा नगरपालिका वडा नं.२ फाँट बजारमा रहेको पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोकर्ण बरुवाल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्धी जीवन बस्नेतलाई २ सय २१ मतले पछिपार्दै बरुवाल निर्वाचित भइएका हुन् । बरुवालले २ सय ७८ मत प्राप्त गर्दा बस्नेतले जम्मा ५७ मत मात्र पाएका थिए । 

त्यस्तै लेखा समिति संयोजकका लागि भएको निर्वाचनमा जम्मा ४ मतले पछि पार्दै मनोज कार्की निर्वाचित भएका छन् । कार्कीले राधाकृष्ण विष्टलाई ४ मतले उछिनेको निर्वाचन अधिकृत रामप्रसाद ढकालले बताए । कार्कीले १ सय ६० मत पाए भने विष्टले १ सय ५६ मत पाएका थिए । 

यसअघि नै उपाध्यक्षमा रामकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । उक्त सहकारीको स्थापनादेखि नै आवद्ध हुँदै आएका कार्की यसअघि सहकारीका सचिव थिए । 

सहकारुीको उपाध्यक्षमा रामकुमार कार्की सहित सचिव भुपेन्द्र हमाल र सहसचिव मिना थापा सर्वसम्मत भएका हुन् । 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०