Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बसपार्क, सपिङ कम्प्लेक्स र पार्टी प्यालेस एकै ठाउँ

tttttttttt-1535459942.jpg

    थाहा नगरपालिकामा पहिलोपटक निर्माण हुन लागेको नगर बसपार्कको  विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने भएको छ । थाहा–४ नार्खुढाँडमा बसपार्क निर्माण गर्ने गरी डिपिआर तयार गर्न लागिएको नगर प्रमुख लवशेर विष्टले बताए । सोमबार नगरप्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, पूर्व नेकपा एमाले नगर अध्यक्ष अच्युत्तमप्रसाद ढकाल र शान्तिपुर दैनिक सम्पादकबीच भएको अनौपचारिक छलफलको क्रममा नगरप्रमुख विष्टले यस्तो बताएका हुन् । ‘प्रस्तावित बसपार्क स्थलसम्म पुग्नेगरी सडक निर्माण गरी डिपिआर तयार गरिने छ, सडक कहाँबाट लाने भन्ने छलफल चलिरहेको छ,’ नगर प्रमुख विष्टले भने । छलफलमा बसपार्क सञ्चालनका लागि यात्रुहरु बसपार्कसम्म पुग्नुपर्ने र त्यसको लागि बसपार्कसँगै अन्य पूर्वाधारहरु निर्माण गर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘डिपिआर बनाउँदै यस्ता कुराहरुमा ध्यान दिनु पर्ने र डिपिआर निर्माण गर्दा व्यापक छलफल गर्नुपर्ने’ छलफलमा जोड दिइएको थियो । पूर्व एमाले नगर अध्यक्ष ढकालले बसपार्कसँगै ‘सपिङ कम्प्लेक्स’ निर्माण गर्न सके मानिसहरुको चहलपहल बढ्ने सुझाव दिए ।

    नगरप्रमुख विष्टले सपिङ कम्प्लेक्स, पाटी प्यालेसजस्ता पूर्वाधारहरुको विकास गर्न सके बसपार्क पनि राम्ररी उपयोग हुने र नगरलाई आम्दानीसमेत बढ्ने बताए ।  बसपार्कका लागि नगरपालिकाले ४२ रोपनी जग्गा छुट्याएको छ भने चालु आर्थिक वर्षका लागि ३० लाख रुपैयासमेत विनियोजन गरेको छ ।
    बसपार्कसँगै एकीकृत बस्ती विकास, चित्लाङ–थानकोट सुरुङ मार्ग, चन्द्रागिरी सडक, इन्द्रायणी खेल मैदान, शंखमूलको क्रसर र घट्टेचौरमा रहेको बालुवा प्रशोधनबाट उब्जेको समस्या, त्रिभुवन राजपथको नाजुक अवस्था लगायतको विषयमा छलफल भएको थियो । त्यस्तै गरपालिकामा लगानी भित्र्याउने, आन्तरिक आय वृद्धि, मिडियासँगको सहकार्य लगायतको विषयमा समेत छलफल भएको ढकालले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०