Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बलात्कार आरोपमा चार जना पक्राउ

pakrau-1591254625.jpg

 १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका–२ निवासी २० वर्षीय अम्बर यादव, २३ वर्षीय जगरनाथ यादव र सुखीपुर नगरपालिका–६ निवासी १९ वर्षीय गोलु महतोलाई पक्राउ गरेको हो ।

गोलबजार नगरपालिका–३ गागन खोला छेउमा आफूमाथि जबर्जस्ती करणी गरेर फरार भएको पीडितको उजुरीका आधारमा ती चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । पक्राउ परेका चारै युवक र पीडितको स्वास्थ्य परीक्षण गराइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०