Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बर्थिङ सेन्टरलाई उपकरण, सुत्केरीलाई कपडा

टियर फण्डको आर्थिक सहयोगमा बाल कल्याण समाजले मकवानपुरको आग्रामा रहेको बर्थिङ सेन्टरलाई आवश्यक उपकरण प्रदान गरेको छ । 
बिहीबार एक कार्यक्रमको आयोजना गरी बाल कल्याण समाजले आग्रा स्वास्थ्य संस्थामा रहेको बर्थिङ सेन्टरमै पुगेर उपकरण हस्तान्तरण गरेको हो । बर्थिङ सेन्टरलाई आवश्यक पर्ने २८ प्रकारका उपकरण तथा सामग्री प्रदान गरिएको बाल कल्याण समाजका कार्यक्रम संयोजक कुमार नेगीले बताए ।
टियरफण्डका नेपाल रेस्पोन्स म्यानेजर राजन घिमिरेले आग्रा स्वास्थ्य संस्थाका प्रमुख लब थापालाई बर्थिङ सेन्टरको सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले आमा र बच्चाको स्वास्थ्य, सुरक्षा र संरक्षणका लागि उपकरण  सहयोगी हुने र उक्त सामग्रीहरु पूर्णरुपमा सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । 
उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरकी जनस्वास्थ्य नर्स मिलन घिमिरेले मकवानपुरमै एकीकृत रुपमा आग्रास्थित बर्थिङ सेन्टरलाई टियर फण्ड र बाल कल्याण समाजले सामग्री सहयोग गरेको उल्लेख गरिन् । ‘टिचिङ हस्पिटल बराबरको सुविधा भयो,’ उनले भनिन् ।
कार्यक्रममा सहभागी दुई सय भन्दा बढी सुत्केरी तथा गर्भवति महिलाहरुको बीचमा भएको कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष किरणदत्त तिवारीले महिला तथा बालबालिकाको संरक्षण कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । 
आग्रा स्वास्थ्य चौकीका प्रमुख लब थापाले बर्थिङ सेन्टरको लागि प्राप्त सहयोगको उपयोग गरेर आग्रामा मातृ—शिशु मृत्युदर घटाउन सक्दो योगदान गर्ने बताएका थिए । उनले चालु आर्थिक वर्षको हालसम्म २७ जना महिलाले बर्थिङ सेन्टरमा आएर सुत्केरी गराएको जानकारी दिएका थिए । ‘पहिले स्वास्थ्य संस्थामा सुत्केरी गराउन कोही आउँदैनथे,’ उनले भने । 
उपकरण हस्तान्तरण कार्यक्रममा टियरफण्डका नेपाल रेस्पोन्स म्यानेजर राजन घिमिरे, संरक्षण संयोजक उर्मिला उपाध्याय, लजिस्टिक अफिसर भक्ति गुरुङ, बाल कल्याण समाजका केन्द्रीय अध्यक्ष किरणदत्त तिवारी, मकवानपुर शाखा सचिब ज्ञानेन्द्र बर्तौला, शाखा कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठ, जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, कार्यक्रम संयोजक कुमार नेगी, लेखा अधिकृत केशब दाहाल, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य नर्स मिलन घिमिरे, आइपास नेपालकी जिल्ला संयोज कउषा ढकाल लगायतको उपस्थिति रहेको थियो । 
यसैबीच बाल कल्याण समाजले आग्रा र टिस्टुङका ६ सय बढी गर्भवति तथा सुत्केरी महिलालाई कपडा वितरण गरेको छ । आग्राको मोरिया, डाँडाबास र टिस्टुङको नौखण्डेमा सुत्केरी तथा गर्भवति महिलाहरुलाई बोलाएर सामग्री वितरण गरिएको बाल कल्याण समाजले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)