Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बत्सलादेवी मा.वि.को चौरमा १२ गते दुबो रोपाई हुने, सहभागिताका लागी आव्हान

IMG_20180926_173654-1537962750.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा अवस्थित बत्सलादेवी माध्यमिक विद्यालयको चौरमा सामुहिक दुबो रोपाइँ कार्यक्रम हुने भएको छ । इन्द्रसरोवर गाउँपालिकाकै सबैभन्दा ठुलो चौरको रुपमा रहेको उक्त विद्यालयको चौरमा यहि असोज १२ गते १० बजे विद्यालय परिवार, वडा समिति, टोल विकास समिति, श्रमजिवी महिला बचत तथा ऋण सहकारी संस्था, वडा स्तरीय महिला समुह, युवा संघ, खेलकुद विकास समिति र स्वास्थ्य चौकी समेतको बृहत सहभागीतामा सामुहिक दुबो रोपाई कार्यक्रम हुन लागेको हो ।


इन्द्रसरोवर गाउँपालिकाकै ठुलो उक्त चौर विद्यालयको आफ्नै कम्पाउन्ड भित्र रहेको चौर हो । उक्त चौरमा २ वटा ग्राउन्ड बन्नेछ, जसमा एउटा विद्यालयकै प्रयोजनको लागी र अर्को व्यवसायिक कार्यको लागी हुने कार्यक्रमको संयोजक सन्तोष बानियाँले बताए ।
हाल उक्त चौरमा मेसिनको सहयोगमा सम्याउने कार्य भैरहेको छ । सबैको पहल र सहयोगमा चौरमा दुबो रोपि व्यवस्थित बनाउ सकेमा भविष्यमा क्रीकेट, फुटबल जस्ता राष्ट्रिय खेलहरु खेल्नका लागी समेत उपयुक्त र पर्याप्त स्थान रहेको संयोजक बानियाँले बाताए ।


राष्ट्रिय खेलमैदानको रुपमा विकास गर्ने योजना अनुरुप गरिन लागेको दुबो रोपाईले खेलमैदानको विकास पछि स्थानियको जिवनस्तर उकास्न र उत्तरी क्षेत्रकै पहिचान बनाउन सक्ने आशा गरिएको छ । कार्यक्रममा सहभागी भै सहयोग पुर्याउन सबै सरोकारवालाहरुमा आयोजक समुहले अनुरोध समेत गरेका छन ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।