Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

bus-1626672248.jpg

सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।

महाशाखाले १ साउनदेखि २ साउन बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारबाही गरेको थियो । शनिवार देखी आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारबाही भइरहेको छ ।

एउटै सवारीले पटक पटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए । शुक्रवार कारबाही गरिएपछि  बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg