Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराही स्वास्थ्य चौकीलाई उपकरण सहयोग प्राप्त

मकवानपुर थाहा नगरपालिका अन्तर्गतको बज्रवाराही स्वास्थ्य चौकीले विभिन्न स्वास्थ्य उपकरण पाएको छ । 

रोटरी क्लब अफ काठमाण्माडौं वेस्टले स्वास्थ्य चौकीलाई स्वास्थ्य संस्थामा कम कम तौल भएको बालबालिका जन्मेमा राख्ने एकथान इन्क्वेटर तथा एक थान एड्भान्स र समान्य खालका दुई थान वार्ममर सहयोग गरेको थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए । स्वास्थ्य संस्थाले वार्मर सहयोग पाएपछि संस्थामा जन्मिएका बालबालिकालाई कठ्याङ्ग्रिनबाट बचाउन सहज भएको संयोजक बलामीले जानकारी दिए । 

अहिले स्वास्थ्य संस्थामा सामाग्रीहरु जडान गरिरहेको छ । संस्थालाई प्राप्त ११ लाख रुपियाँ बराबरको सामाग्रीको औपचारिक हस्तान्तरण कार्यक्रम भने बाँकी रहेको बताइएको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)