Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराही बचत तथा ऋण सहकारीको नवौं साधारणसभा

BB-sahakari-1538219914.jpg

थाहा नगरपालिका वडा नं. ६ मा रहेको बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. को नवौं साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय साना किसान सहकारी संघका लेखा समिति संयोजक महेश्वर सुवेदीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । 

साधारण सभामा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना र थाहा नगरपालिका ६ नम्बर वडा अध्यक्षको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामी, बज्रवाराही उच्च माविका प्राचार्य विष्णु गिरी, टिष्टुङ महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठको आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथि र अतिथिहरुले सहकारीले नागरिकमा पु¥याएको योगदानको चर्चा गरेका थिए । 

बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष फणिन्द्र प्रसाद सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकारीको शेयर पुँजी १ करोड १९ लाख ५८ हजार ७ सय रुपियाँ रहेको जानकारी गराइएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा सहकारीले ६ करोड ३० लाख रुपियाँको कारोबार गरेको छ भने करिब १५ लाख रुपियाँ नाफा कमाएको छ । 

साधारणसभाले अध्यक्ष फणिन्द्र प्रसाद सुवेदी, सचिव रविन्द्र प्रसाद विडारी र कोषाध्यक्ष सुरेन्द्र गोपालीले प्रस्तुत गरेको प्रतिवेदन पास भएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)