Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराहीमा ‘पूर्ण संस्थागत सुत्केरी’का लागि कार्यशाला गोष्ठी

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २८ साउनमा बज्रवाराही स्वास्थ्य चौकी अन्तर्गतका सरोकारवालाहरुका लागि ‘पूर्ण संस्थागत सुत्केरी’ सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । 

थाहा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णु बहादुर गुरुङ, ६ नम्बर वडा अध्यक्ष शशीधर सुबेदीको विषेश उपस्थितीमा भएको कार्यक्रममा निर्वाचित वडा सदस्यहरु, सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरु गरी २९ जनाको सहभागिता रहेको थियो ।  

कार्यक्रमका सहभागीहरुलाई थाहा नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले सहजीकरण गरेका थिए । 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०