Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बज्रवाराहीमा विषादि न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम

Bisadi-1550054803.jpg

मकवानपुर थाहा नगरपालिका वडा नं. ६ बज्रवाराहीमा विषादि न्यूनीकरण सम्बन्धी एकदिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरको आयोजनामा भएको कार्यक्रममा थाहानगरका कृषक समूहका सदस्यहरु, विद्यार्थीहरु, विषादि व्यवसायीहरुलगायत सारेकारवालाहरुको सहभागिता रहेको थियो । 

सहभागीहरुलाई राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन, क्वारेन्टाइन तथा विषादि पञ्जिकरण कार्यालय हरिहर भवनका विषय विशेषज्ञ परशुराम अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्चका गोविन्द सुवेदीलगायतले सहजीकरण गरेका थिए । 

राष्ट्रिय उपभोक्ता मञ्च थाहानगरका संयोजक रुपचन्द्र उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रम थाहानगरका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदी, राष्ट्रिय कृषि सहकारी संघका लेखा समिति संयोजक महेश्वर सुवेदी, प्रधानमन्त्री कृषि आधुनिकीकरण पालुङका बाल कुमारी भट्टराइ, थाहानगर कृषि शाखाका संजय तिवारीलगायतकाको आतिथ्य रहेको थियो ।   
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०