nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराहीमा उपभोक्ता समितिका पदाअधिकारीलाई अनुशिक्षण

Upavokktaa-1569200552.JPG

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा वडा नम्बर ६ मा उपभोक्ता समितिहरुका लागि ६ असोजमा अनुशिक्षण कार्यक्रम भएको छ । 

आर्थिक वर्ष २०७६/०७७ का लागि नगरसभाबाट स्वीकृत कार्यक्रम संचालन गर्न वा नम्बर ५ र ६ मा गठन भएका उपभोक्ता समूहहरुका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई तालिम दिएको हो । तालीमका सहभागीहरुलाई थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत हरिलाल पुरी इन्जिनियर सन्तोष बोहरालगायतले सहजीकरण गरेका थिए । 

अनुशिक्षणमा स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५ मा भएको व्यवस्थाको विषयमा सहजीकरण गरिएको थियो ।  वडा नम्बर ६ का वडा अध्यक्ष शशीधर सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा योजना शाखाका प्रकाश कुमार लामा, प्रविधिकहरु सुकदेव विडारी र बलराम यादवको पनि उपस्थिती रहेको थियो । 

यसैबीच ७ असाेजमा थाहा-१० टाैखेलमा अनुशिक्षण हुने नगरपालिकाले जनाएको छ । 
थाहा नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५ यहाँ क्लिक गरेर पढ्नुहोस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)