Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बजेट भाषणमै आयो चित्लाङ थानकोट सुरुङमार्ग

सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब गणेशमानमार्गको काठमाण्डौको थानकोटदेखि मकवानपुर थाहा नगरपालिकाको चित्लाङ खण्डमा आगामि आर्थिक वर्षबाट सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । नागढुंगा–नौबिसे खण्डको निर्माण सुरु गरिनेछ । त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ ।

बिपी रामजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङ बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर९खुटिया९दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ ।

त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०