Monday, 7th September, 2026
वि.स.

बक्यौता असुल्न प्राधिकरण पालुङको लाईन काट्ने अभियान

aSof-page-001-(1)-1545291072.jpg

विद्युत उपभोग गरेवापतको विद्युत महशुल भुक्तानी नगरेका कारण भएको २ करोड वक्यौता अशुल उपर गर्न नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले लाईन काट्ने अभियानलाई तिब्रता दिएका छ । 
प्राधिकरण पालुङ वितरण केन्द्रको वक्यौता २ करोड नाघे पछि अभियान संचालन गरि लाईन काट्न शुरु गरेको हो । केन्द्रले बढी वक्यौता भएका ग्राहकहरुलाई बक्यौता महशुल भुक्तानी गर्न पटक पटक सूचाना जारी गर्दा पनि अटेर गरेपछि  लाईन काट्ने अभियान चलाएको हो । लामो समयदेखि विद्युत महशुल नतिरी वक्यौता रहेका ग्राहकको लाईन काटी बाँकी बक्यौता अशुल गर्नुको विकल्प नभएका कारण लाईन काटी बक्यौता अशुल उपर गर्ने प्राधिकरणको अभियान रहेकाले पालुङ वितरण केन्द्रले पनि शुरु गरिएको वितरण केन्द्र प्रमूख सन्तोष प्रसाद पन्तले जानकारी दिए ।  झण्डै बाह्र हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रको २०७५ मंशिर सम्मको बक्यौता २ करोड छ । केन्द्रले यो सातामात्र थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न क्षेत्रमा १३६ ग्राहकको लाईन काटेको छ । जस मध्ये बुधबार सम्म पचास भन्दा बढी ग्राहकले वक्यौता भुक्तानी गरि लाईन जोडाई सकेका छन । लाईन काटिए पछि अभियान बाट प्राधिकरणले २६ लाख वक्यौता उठाईसकेको छ । अभियानलाई निरन्तर संचालन गरि सबै बक्यौता उठाईने केन्द्र प्रमुख पन्तले बताए ।

 अधिंकास ग्रामिण भुभाग रहेको पालुङ वितरण केन्द्रको ९६ लाख वक्यौता ग्रह्स्थ ग्राहक सँग बाँकी छ भने ७४ लाख व्यापारिक १० लाख औधोगिक ग्राहक सँग अशुल उपर गर्न बाँकी रहेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका सहित ईन्द्रसरोवर गाँउपालिका, भिमफेदी गाँउपालिका र कैलाश गाँउपालिका कार्यक्षेत्र रहेको वितरण केन्द्रको  नगरको  फेदीगाँउ,दामन गाविसको शिखरकोट,किटेनी, बज्रवाारही सरस्वती बजार चित्लाङ्ग चौकीटोल र भिमफेदी गाँउपालिकाको सिस्नेरी – टेकर क्षेत्रमा बढी बक्यौता रहेको  केन्द्रले जनाएको छ । केन्द्रले बढी वकयौता रहेका सरकारी कार्यालय र उद्योग कलकारखानालाई पनि पत्राचार गरिसकेको छ । सरकारी कार्यालय मध्ये स्वास्थ्य चौकी दामनको  मात्र ९लाख ५८ हजार बक्यौता छ  । उक्त बक्यौता भुक्तानीकोलागि थाहा नगरपालिकाले सरोकारवाला निकायमा पत्राचार गरिसकेको छ चाडै भुक्तानी हुने थाहा नगरपालिकाका प्रम्ूख लबशेर विष्टले बताए ।  

वितरण केन्द्र अन्तर्गत  १२ हजार हजार ग्राहक रहेको यस केन्द्रको ८२ लाख भन्दा बढी बक्यौता कालो सूचिमा रहेको छन जस मध्ये हाल संचालनमा नरहेको नेपाल रोप–वे सँग मात्र ६० लाख अशुल गर्न बाँकी छ  । उक्त वक्यौता असुल उपरगर्नकालागि उपल्लो निकायमा पत्रचार गरिसकिएको लेखा प्रमूख संजीब कार्कीले जानकारी दिए । अभियान अन्तर्गत केन्द्रको चुहावट नियन्त्रण टोलीले चुहावट नियन्त्रणका अभियान पनि शुरु गरेको छ । चुहावट गर्नेहरुलाई कार्बाहीबाट यस आ.ब.मा ४८ हजार जरिवाना पनि अशुल गरिसकेको छ । वितरण केन्द्रको हाल रहेको १८ प्रतिशत चुहावटलाई कम गरि १४ प्रतिशतमा झार्ने अभियान रहेको छ । सो अभियान अन्तर्गत केन्द्रले रिसिलिङ्ग अभियान पनि सुरुगरेको छ । 


 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०