nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

फापरवारी महोत्सवमा खुल्ला लोक दोहोरी प्रतियोगिता हुने

हाम्रो भाका हाम्रो लोक संस्कृति प्रतिष्ठान नेपाल र बागमती गाउँपालिका परिवारको संयुक्त आयोजनामा मकवानपुरमै पहिलो पटक ‘खुल्ला लोक दोहोरी प्रतियोगिता’ हुने भएको छ । 
“फापरवारी राम नवमी मेला तथा फापरवारी महोत्सव” को मुख्य आकर्षणको रुपमा खुल्ला लोक दोहारी प्रतियोगिता रहेको छ ।  
प्रतियोगिताका संयोजक हेमन्त मगरका अनुसार मकवानपुर जिल्लामा कला, गला र प्रतिभाको उजागर गर्नको लागि अन्य गायन प्रतियोगिता भएता पनि लोक दोहोरी प्रतियोगिता नभएको कारण प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमश नगर ३० हजार, २० हजार र १० हजार सहित शिल सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । जिल्लाबाट सहभागिता प्रत्येक टिममा महिला र पुरुष गरि दुई–दुई जना अनिवार्य उपस्थित हुनु पर्नेछ । विभिन्न जिल्लाबाट सहभागिता हुन पाउने मगरले जानकारी दिए ।
हाल सम्म १८ टिमको दर्ता भईसकेको बताउदै मगरले भने,‘हाम्रो लक्ष्य ४० टिम देखि ५० टिम विच प्रर्तिष्प्रधा गराउने योजना छ ।
जिल्लाकै दोश्रो व्यापारीक केन्द्र बागमती गाउँपालिका वडा नं. ६ स्थित फापरवारी बजारमा चैत्र ९ गते देखि चैत्र १३ गते सम्म महोत्सव हुँदैछ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg