Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेल र सिस्नेरीमा पहिरो गएपछि फेरि सडक अवरुद्ध

हेटौंडाबाट काठमाण्डौ जाने छोटो दुरीको हेटौंडा–कुलेखानी–फाखेल सडक अवरुद्ध भएको छ । 

९ साउन राती परेको पानीका कारण इन्द्रसरोवर गाउँपालिका वडा नं. २ सल्ले र इन्द्रसरोवर ३ तापीखोल्सामा झरेको पहिरोका कारण १० साउन विहानबाट सडक अवरुद्ध भएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तरगत पर्ने सिस्नेरीमा पनि पहिरो गएको खबर छ । 

१० साउन बिहान ४ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए । 

-आशबहादुर भ्लोन/इन्द्रसरोवर