Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेलमा बालमैत्री स्थानिय शासन कार्ययोजना समिक्षा

tha-1527247860.jpg

उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं ४ र ५ (साबिक फाखेल गा.बि.स) लाई बाल मैत्री गा.बि.स घोषणा गर्ने प्रयासमा रहेको गाउँपालिकाले वडा नं ५ को नेतृत्वमा बालमैत्री स्थानिय शासन कार्ययोजना समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । इन्द्रसरोवर गाउँपालिका ५ नं वडा कार्यालयको आयोजनामा वडा कार्यालयमा सञ्चालन भएको कार्यक्रमबाट गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण संघसस्थाहरुको प्रमुख तथा बिभिन्न क्षेत्रगत प्रमुखहरुबिचको छलफलबाट बलमैत्री सुचकहरुको अवस्था के कस्तो छ भन्ने बिषयमा बृहत छलफल गरेको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार ईन्द्रसरोवर गाउँपालिकाको साबिकको फाखेल गाउँ बिकास समिति तथा हाल ईन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ र ५ फाखेललाई बालमैत्री वडाका रुपमा घोषणा गर्ने योजना अनुरुप बालमैत्री स्थानिय शासन कार्यबिधि २०७४ समेतको ब्यवस्था गर्दै गाउँपालिकाले बालमैत्री घोषणा अभियान सुरु गरेको हो । बि.सं.२०६३ साल देखि बालमैत्री गा.बि.स. घोषणाको अभियानमा लागेको भए पनि अभियानको सफलताको लागि मुख्य समस्याको रुपमा बालबिवाहले जडा गाडे पछि निक्कै समय ढिला भएको सरोकारवालाहरुले बताएकाछन । बालमैत्री स्थानिय शासनको ३९ वटा सुचकहरु रहे पनि फाखेलले ३९ वटा सुचकका करिब ९० प्रतिशत सुचकको पुरा गरेको बिहिबार सम्पन्न छलफलले तथ्याङ्क निकालेको छ । बालमैत्री घोषणाको लागि अभियानमा सबैभन्दा जटिलहरुपमा सबैको घरघरमा खानेपानी र बालबिवाहको अन्त्यको सुचक रहेको छ ।

यहि जेष्ठ २९ गते बालमैत्री वडा घोषणा सभा गर्ने अन्तिम तयारीमा रहेको वडा नं ४ र ५ ले बिहिबारको छलफल कार्यक्रबाट बालमैत्री वडा घोषणा आयोजक समिति गठन, गाउँपालिका स्तरिय बालमैत्री शासन समिति गठन र वडा स्तरिय सरोकारवालाहरुको संजाल गठन कार्यक्रम गरेको छ । जसमा ५ नं वडाको वडाध्यक्ष धनराज महर्जनको संयोजकत्वमा ८१ सदस्यिय बालमैत्री वडा घोषणा आयोजक समारोह समिति गठन भएको छ भने गाउँपालिका अध्यक्ष जिवन लामाको संयोजकत्वमा १३ सदस्यिय गाउँपालिका स्तरिय बालमैत्री शासन समिति गठन र गाउँपालिकाको उपाध्यक्ष उमा कुमारी लामाकोे संयोजकत्वमा तत्काल ९ सदस्यिय बाल संरक्षण तथा सम्बद्र्धन समिति गठन भएको ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ का कार्यालय सहायक हिरालाल बलामीले जानकारी दिए । ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५ नं वडा अध्यक्ष धनराज महर्जनको सभाध्यक्षता रहको थियो । उमा कुमारी लामा, वडा नं १ देखि ४ सम्मका वडाध्यक्षहरु क्रमशः जमान सिँ वाइवा, राजुमान महर्जन, बिमल मोक्तान र धनबिर स्याङ्तानको आतिथ्यता रहेको थियो ।

घोषणा कार्यक्रलाई सुब्यवस्थित बनाउनको लागि छलफलबाटै मञ्च ब्यवस्थापन, प्रचारप्रसार, अतिथि सत्कार र ब्यवस्थापन, सास्कृतिक, मनोरञ्जन लगायत गरि ८ वटा उपसमिति समेत गठन गरिएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।