nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

फाखेलमा बर्षाका कारण जोखिम बढ्दो

IMG_20180702_104319-1530580160.jpg

लगातार परेको पानीले फाखेल हुँदै काठमाडौ जाने बाटोमा पहिरोको जोखिम बढेको छ । सोमबार राती देखी मनसुन सकृय भए पछि लगातार परेको पानीले फाखेलका मुख्य सडक लगायत भित्री सडकहरुमा दर्जन भन्दा बढी ठुला पहिरो गएका छन । माटो गलेर नयाँ तथा पुराना सडकहरुमा पहिरो झर्ने क्रम बढेकाले यात्रुहरुलाई पैदल यात्रा गर्न जोखिम भएको छ । पहिरो रोकिए पनि लगातार ढुङ्गाहरु झरिरहने भएकाले सवारीसाधन आवतजावतमा समेत खतरा बढेको छ ।
 बर्षायाममा मात्र सडक खन्ने र निर्माणको काम सन्चालन गर्ने सरकारी निकायको प्रबृत्तिको कारण पनि पहिरोको जोखिम मोल्नु परेको स्थानियहरुले बताएका छन । बर्षायाममा हुने यस्ता जोखिम न्यूनीकरण गर्न स्थानीय सरकारले नयाँ आर्थिक बर्ष देखी समयमा नै योजना सम्पन्न गर्ने गरि तयारीमा रहेको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ का अध्यक्ष धनराज महर्जनले बताए ।
बर्षा केहि दिन लम्बिएमा पहिरोको कारण बाटो नै अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।