Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रेस संगठन मकवानपुरको यस्तो अपील  [पत्रसहित]

प्रेस संगठन मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) फैलन नदिन सरकारले गरेको लकडाउनलाई सफल पार्दै आफू पनि सुरक्षित भएर समाचार संकलन गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । संगठन मकवानपुरका संयोजक प्रकाश दाहालले एक अपील जारी गर्दै यस्तो आग्रह गरेका हुन् । 

प्रेस संगठन सम्पूर्ण आफ्ना सदस्यहरु तथा सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति सदैव चिन्तित् रहेको अपील पत्रमा उल्लेख गरिएको छ । अहिले विश्व नै महामारीको भूमरीमा परिरहेको बेला अत्यन्तै संवेदनशील भई तथा अत्यावश्यक परे मात्र रिपोर्टिङ्गमा फिल्डमा जानुहुन तथा सकेसम्म प्रविधि र स्रोतहरुको भरपुर प्रयोग गरी समाचार सम्प्रेषण गर्नका लागि संगठनले आग्रह गरेको छ । 

अपील पत्रमा पत्रकारहरुले लकडाउनलाई सफल पार्दै आफू पनि सुरक्षित हँुदै रिपोटिङ्ग गरिरहेको संयोजक दाहालले विश्वास दिएका छन् । अहिले जिल्लाबाट प्रकाशन भैरहेका छापा संचार माध्यमहरुले प्रकाशन स्थगित गरेका छन् भने विद्युतीय तथा अनलाईनबाट समाचारजन्य सामाग्रीहरु प्रकाशन प्रशारण भइरहेको छ ।