nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रेम सागर फाउण्डेशनमा श्रद्धाञ्जली कार्यक्रम

प्रेम सागर फाउण्डेशनका महासचिव डोरनाथ न्यौपानेको तेह्रौँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ । 

धादिङको थाक्रे दामेचौरमा रहेको प्रेमसागर फाउण्डेशनमा भएको कार्यक्रममा सहभागीहरुले स्वर्गिय न्यौपानेप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । स्थानीय कविराज लामाको अध्यक्षतमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा थाक्रे ५ का वडा अध्यक्ष भुमि बहादुर तामाङले स्वर्गिय न्यौपानेले सामाजिक अभियानको माध्यमबाट सामाजिक परिवार गठन, फाउण्डेशनको माध्यमबाट दैनिक ५ सय जनालाई खाना लगायतको काम उल्लेखनिय रहेको भन्दै यस्तो किसिमको कामलाई निरन्तरता दिईनुपर्ने पनि बताए ।

यसैगरी स्वर्गिय न्यौपानेले समग्र विकास सेवा केन्द्र, प्रेमसागर फाउण्डेशन, जन्मस्थानमा परोकार स्थापना, अनन्त गुठी स्थापना लगायत सामाजिक अभियानका काम गर्नुभएको प्रेम सागर फाउण्डेशनका उपाध्यक्ष डा। प्रमेराज ढुँगेलले बताएका छन् । यस्तै आर्दश माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद गौतमर शारदा आधारभुत विद्यालयका शिक्षीका भागरथी पौडेलले कविताको माध्यमबाट स्वर्गिय न्यौपाने प्रति श्रदासुमन व्यक्त गरेका छन् ।

यसैगरी थाहा ११ का वडा अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथी किरण बल, समाजसेवी प्रेम बहादुर नेगी लामा लगायतले स्वर्गिय डोरनाथ न्यौपानेको बारेमा आफ्नो भनाई राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । कार्यक्रममा थाक्रे गाउँकार्यपालिका सदस्य रजनी लामा, थाक्रे ४ नम्बर वडाका सदस्य राधिका सापकोटा लगायतको आतित्थ्यता रहेको थियो । २०१४ सालमा जन्मनुभएका उहाँको मृत्यु यहि बैशाख ५ गते निधन भएको फाउण्डेशनका भोला राउतले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)