nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्राविधिक शिक्षाका लागि थाहानगरमा महायज्ञ 

मकवानपुर क्षेत्र नं. २ का राष्ट्रिय सभा सांसद विरोध खतिवडाले प्राविधिक जनशक्ति अबको आवश्यकता भएको बताएकाछन् । प्राविधिक शिक्षा मार्फत देशमा सक्षम जनशक्ति उत्पादन गरी गाउँगाउँमा युवालाई रोजगार दिन प्राविधिक विद्यालयहरुमा लगानी बढाउन सरकार सकारात्मक रहेको सांसद खतिवडाले बताए । 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ मा रहेको मत्स्यनारायण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन गर्ने तथा पाथीभरा लक्ष्मेश्वरी मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि १९ असारबाट शुरु भएको श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ को उद्घाटन गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।  कार्यक्रममा सांसद खतिवडाले गाउँ–गाउँ र नगरमा युबालाई रोजगार प्रदान गर्ने प्राबिधिक शिक्षा हरेक विद्यालयमा पढाउनु पर्नेमा जोड दिए । उनले धार्मिक पर्यटकीय क्षेत्र बनाउनका लागि केन्द्रिय तहबाट सक्दो सहयोग गर्ने सांसद खतिवडाको प्रतिबद्धता थियो । 

थाहानगरमा प्राचीन कला, सँस्कृतीको संरक्षण तथा सम्वद्र्धन, कुशल, सुयोग्य, नैतिकवान नागरिक उत्पादन गरि आत्मनिर्भर बन्न प्रेरित गर्न, सामाजिक परिवर्तनको दिशामा दक्ष जनशक्ति उत्पादन गरि समृद्ध राष्ट्र निर्माणमा सहयोग पु¥याउन एवम् पितृ मोक्षको लागि महायज्ञको आयोजना गरिएको श्रीमद् भागवत पितृमोक्ष धनधान्याञ्चल सप्ताह बिराट ज्ञान महायज्ञ २०७६ का अध्यक्ष नवराज विष्टले जानकारी दिए ।   

महायज्ञमा बालब्यास पंण्डित श्री नारायण न्यौपानेले कथा वाचन गर्ने आयोजकले जनाएको छ । २५ असारसम्म संचालनहुने यज्ञमा प्रत्येक दिन प्रदेश, जिल्ला र स्थानीय तहका प्रमुखहरुद्वारा कार्यक्रममा प्रमुख आतिथ्यता रहने अयोजकले बताएको छ । मत्स्यनारायण मावि व्यवस्थापन समितीका अध्यक्ष नवराज बिष्टको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको विशेष अतिथी थाहा नगरपालिकाका नगर उपप्रमुख खड्ग गोपाली रहेका थिए । मा थाहा नगरपालिका वडा नम्बर २ का  अध्यक्ष गुप्त बहादुर कार्की, ३ का राजेश केसी, थाहानगर उद्योग बाणिज्य महासङ्घका अध्यक्ष कबिराज खत्री, विभिन्न संघसस्थाका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजसेवी लगाएतको आतिथ्यता रहेको थियो । 

महायज्ञ प्रत्येक दिन बिहान ५ बजेबाट साँझ साँढे नौ बजेसम्म सन्चालन हुने महायज्ञबाट करिब १ करोड भन्दा बढी रकम उठ्ने अनुमान गरिएको छ । महायज्ञ शुरु हुन पहिले फाँटबजारबाट मत्स्यनारायण मावि र पाथीभरा क्षेत्र बिकास समितिको संयुक्तरुपमा १९ असार बिहान ८ बजेबाट कलश यात्रा गरिएको थियो । कलश यात्रा फाँटबजार, त्रिवेणी धाम, गोपालीगाउँ, शिखरकोट, ओखरबजार, पालुङहुँदै महायज्ञ स्थलमा पुगी औपचारिक कार्यक्रममा सामेल भएको थियो । 

सप्ताहमा हरिहर धाम प्रतिष्ठानको तर्फबाट धर्मसंस्कृती अनुसार व्यबहारिक ज्ञानको प्रचार–प्रसार गर्दै आमाबुबालाई बृद्धा आश्रममा राख्ने संस्कार हटाउन अभियान स्वरुप विविध प्रस्तुति र राष्ट्रिय कलाकारहरुको विभिन्न झाँकी प्रदर्शनी गरिने प्रतिष्ठान संयोजक राजु ढकालले बताए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)