nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्राचीन टिष्टुङमा १२ वर्षे नाचको तयारी पूरा

IMGL1241-1557314813.JPG

मकवानपुर थाहा नगरपालिका प्रचीन टिष्टुङमा लाग्ने १२ वर्ष नाचको तयारी पूरा भएको छ । वडा नम्बर ६ मा दुई रातसम्म नचाइने परम्परागत नाचको तयारी पूरा भएको बाह्र वर्षे नाच समितिले २५ वैशाखमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । 

वडा नम्बर ६ को आँगछेः मा आयोजना गरिएको पत्रकार सम्मेलनका समितिका सदस्य प्रमोद जोशीले नाचको महत्व र परम्पराको विषयमा जानकारी गराएका थिए । विभिन्न सातवटा खटमा नचाइने नाच तान्त्रिक विधिबाट नचाइने जोशीले जानकारी दिए । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रवाराही र वेतारको नाच देखाइन्छ । नाच व्यवस्थापनको लागि १८ जना कजीसहितको समिति गठन गरिएको छ । राजा समर सेनका छोरा सत्ल सेनको कथामा आधारित नाचको पूर्व सन्ध्यामा २६ वैशाख विहान ११ बजे देशय् चाहिकेगु अर्थात नगर परिक्रमा कार्यक्रम रहेको छ । नाच वैशाख २६ र २७ गते रातभर टिष्टुङमा देखाइन्छ । 

९९ जना कलाकार रहने नाचका लागि १८ लाख २२ हजार रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदीले स्थानीयहरुले भरपूर सहयोग गरेको बताए । नाचका लागि वडा कार्यालयको तर्फबाट १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने र आवश्यक परेमा अन्य सहयोग समेत गर्ने जानकारी दिए । 

पत्रकार सम्मेलनमा बज्रवाराही सरस्वती बजार व्यवस्थापन समितिका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, नाचका धामी तथा कजीहरुलगायतको उपस्थिती रहेको थियो । बाह्र वर्षमा एक पटक देखाईने यो नाच र बज्रवाराही मन्दिर सम्बन्धीत भएको स्थानीयहरु  बताउँछन् । टिष्टुङमा १२ वर्षै नाच देखाइसकेपछि कुन्छाल र कुलगाउँमा पनि देखाउने परम्परा रहेको छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)