Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रहरी नियन्त्रणमा रहेका विप्लव माओवादी कार्यकर्ता रिहा गर्न माग [हेर्नुहोस विज्ञप्तीसहित]

मकवानपुर थाहा नगरपालिका सिमभन्ज्याङमा बलेरो पिकअपमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको आफ्ना दुई कार्यकर्तालाई तत्काल रिहाइ गर्न नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले माग गरेको छ । 

विप्लव नेतृत्वको मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले ६ वैशाखमा विज्ञप्ती जारी गरी प्रहरीले पक्राउ गरेका आफ्ना कार्यकर्ताहरु पृथ्वीराज अधिकारी र सौगात विष्टलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । अनुरागले हस्ताक्षर गरेको विज्ञप्तीमा दुबै जना घरमै बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको र उनीहरुलाई रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्ने उल्लेख गरिएको छ । 

हेर्नुहोस विज्ञप्तीः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०