nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रवद्र्धन हुँदैछ थाहानगरको बज्रवाराहीमा कृषि पर्यटन 

मकवानपुरको बज्रवाराहीमा कृषि पर्यटनको पनि सुरुवात गरिएको छ । थाहा नगरपालिकाको बज्रवाराही क्षेत्रका कृषकहरुले गरेका उन्नत प्रविधि खेतीको अध्ययन अवलोकन गर्न मकवानपुर जिल्लाका त आउँछन् आउँछन् सिन्धुपाल्चोक, काभ्रे लगायतका क्षेत्रका किसान पनि आउन थालेका छन् । पछिल्लो समय सिन्धुपाल्चोक जिल्ला, चौतारा नगरपालिकाका अगुवा कृषकहरुको एक समूहले कृृषि अध्ययन अवलोकन भ्रमण गरेका छन् । 

लवग्रीन नेपाल र एकीकृत कृषक समूह, बज्रवाराहीको समन्वयमा भ्रमण भएको हो । भ्रमण टोलीले बज्रवाराहीमा रहेको तरकारी खेती, किवी खेती, टनेल खेती, वनस्पति विषादी, पशु वस्तुको गोठ सुधार प्रविधि र प्राकृतिक प्राङ्गारिक मल निर्माणको अवलोकन गरेका थिए । भ्रमण टोलीलाई स्थानीय अगुवा कृषकहरुको आप्mनै घरबासमा बस्ने बन्दोबस्तसँगै मिलाइएको थियो । 

भ्रमण टोलीका सहभागीहरुले यहाँको कृषि प्रविधिलाई आप्mनो ठाउँमा विस्तार गर्न पाएको खण्डमा कृषकहरुको जीवनस्तरमा सुधार हुने कुरा बताए । भ्रमण टोलीमा १२ जना महिला र ८ जना पुरुष अगुवा कृषकहरुको सहभागिता रहेको थियो । भ्रमण टोलीलाई स्थानीय समाजसेवीहरु तथा एकीकृत कृषक समूहका पदाधिकारीहरुले भव्यताकासाथ स्वागत गरे । किसान किसानकै घरमा बसेर अवलोकन भ्रमण गर्दा कृषि पर्यटनमा महत्वपूर्ण भूमिका हुने एकीकृत कृषक समूहका अध्यक्ष यशोदा अधिकारीले बताइन् ।  

पछिल्लो समय बज्रवाराहीमा होमस्टेहरु पनि सञ्चालन हुँदै आएको तथा बेमौसमी तरकारीको पकेट क्षेत्रको रुपमा विकसित हुँदै आएको छ । यस क्षेत्रमा यस प्रकारको कृषि पर्यटनको सुरुवातले यस क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्ने र यहाँ सञ्चालित होमस्टेहरु र आधुनिक कृषि प्रणालीले व्यापकता पाउने कुरा समूहका सचिव शँकर महर्जनले बताए । 

पर्यटकका लागि राम्रो स्थानका रुपमा मानिदै आएको बज्रवाराही क्षेत्र हाल आएर कृषि पर्यटनका लागि पनि उपयुक्त गन्तब्य मानिएको छ । परम्परागत कृषि प्रणालीको विस्थापन सँगैं आधुनिक कृषि प्रणालीको सुरुवातले गर्दा यहाँका कृषकहरुको जीवन स्तरमा परिवर्तन आएको हो । परम्परागत कृषि प्रणालीमा जीवन धान्नै धौ–धौ परेका बज्रवाराहीका कृषकहरु आधुनिक कृषिसँगै सम्पन्न हुँदै आएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग निकाय जाईकाको सहयोगमा लवग्रीन जापान र लवग्रीन नेपाल मार्पmत् मकवानपुर जिल्लाको बज्रवाराहीमा सञ्चालन भएको एकीकृत ग्रामीण विकास परियोजनाले गर्दा नै यो परिवर्तन सम्भव भएको हो । 

यस परियोजना अन्तर्गत कृषकहरुलाई वातावरण संरक्षण, दिगो कृषि, दिगो पशुपालन, वैकल्पिक ऊर्जा अन्तर्गत वायो ग्यास निर्माण, स्वास्थ्य र सरसफाई, कृषकहरुको क्षमता अभिवृद्धि, आई.पी. एम. खेती, कृषि बजारीकरण जस्ता कार्यक्रम मार्पmत् कृषकहरुको जीवन स्तर सुधारको कार्य भईरहेको छ ।