Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रधानमन्त्रीको कार्यालयवाट तरकारी जोन पालुङको अनुगमन

PMAEP3-1565493722.JPG

मकवानपुर थाहा नगरपालिका र इन्द्य्रसरोवर गाउँपालिकामा संचालन भैरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई, तरकारी जोनको अनुगमन गरिएको छ ।

थाहा–१० को सन फर्मसमा राखिएको नसृरी अनुगमन गर्दै । फोटो विकासखबर

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव अनिल कुमार ठाकुरसहितको टोली, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केन्द्य्रिय कार्यालयका परियोजना निर्देशक रेवती रमन पौडेल र बरिष्ठ योजना अधिकृत सुनिल सिंहले जोन मार्फत संचालन भएका योजनाहरुको अनुगमन गरिएको हो । टोलीमा उपसचिव प्रदिप श्रेष्ठ  र शाखा अधिकृत शारदा भण्डारी, जोन व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन विष्ट, जोनका पालुङका प्रमुख सुजन अम्गाईलगायतकाको सहभागिता रहेको थियो ।  

थाहा–६ का कृषक माधव प्रसाद सुवेदीको टनेलमा फलेको काक्रो । फोटोः विकासखबर

अनुगमन टोलीले प्राकृतिक अर्गानिक कृषि फर्म थाहा–६ का माधव प्रसाद सुवेदीले टनेलमा लगाइएको काँक्रो बाली, थाहा–१० को सन फामर्सका खेम पौडेलको कृषिबालीको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केन्द्रिय कार्यालयका परियोजना निर्देशक रेवती रमन पौडेलले कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिए । उनले कृषि बालीलाई बीमासंग जोर लैजान सके कृषकको लगानी सुरक्षित हुने बताए । यसका लागि किसानहरुलाई बाली बीमा गर्न सुझाव दिएका थिए ।

अनुगमन टाेलीका पदाअधिकारीहरू । फोटोः विकासखबर

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव अनिल कुमार ठाकुरले कृषिलाई अब अर्गा्निक उत्पादनमा जोड दिनूपर्ने बताए । उनले अब अर्गानिक खेती गर्न सके किसानको उत्पादनले राम्रो भाउ पाउने बताए । विषदि जाँच मेशिन नै राख्न सके त्यसले किसानहरुलाई आफ्नो बालीमा प्रयोग भएको विषादिको मात्रा थाहा पाउन सकिने र त्यसलाई न्यूनिकरण गर्न सहज हुने बताए । अनुगमनको क्रममा जोन पालुङका प्रमुख सुजन अम्गाइले जोनले संचालन गरेको योजना र त्यसको प्रभावकारिताको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)