nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश ३ मा कृषि क्षेत्रमा पौने २ अर्बको अनुदान नै अनुदान

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ का लागि अनुदान शीर्षकमा १ अर्ब ७० करोड ४१ लाख १० हजारको बजेट ल्याएको छ।

समृद्ध तथा आत्मनिर्भर प्रदेश बनाउने योजना कार्यान्वयनमा ल्याउन यो कार्यक्रम प्रभावकारी सरकारको अपेक्षा छ । हरेक कामलाई उत्पादनसँग जोडेर अगाडि बढाउने र आयातलाई विस्थापित गर्दै निर्यातमुखी अर्थतन्त्रमा जाने तयारीस्वरुप कृषि क्षेत्रमा सबैभन्दा बढी अनुदानको कार्यक्रम ल्याइएको प्रदेश सरकारले जनाएको छ। मन्त्रालयले यस वर्ष किसानका लागि ८८ वटा अनुदानका कार्यक्रमका लागि झन्डै पौने २ अर्ब बजेट ल्याएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानअन्तर्गतको आयोजनाका लागि १५ करोड ७५ लाखको बजेट छुट्याइएको छ, जसअन्तर्गत नमुना गाईपालन, उन्नत गाई खरिद, व्यवस्थापन र उत्पादनमा आधारित दूधमा अनुदान कार्यक्रम रहेका छन्। मन्त्रालयले पशुपालन तथा दूधजन्य र मासुजन्य उत्पादनलाई प्राथमिकता दिँदै अनुदानका कार्यक्रम गर्ने भएको हो।

मन्त्रालयले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चार अनुदानका कार्यक्रमलाई ६५ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ। उक्त परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित पुराना पकेट कार्यक्रम र यस वर्षका नयाँ पकेट र ब्लक सञ्चालनका सशर्त अनुदाने कार्यक्रम रहेका छन्।

त्यस्तै, कृषि विकास निर्देशनालय हेटौंडाअन्तर्गत १५ अनुदानका कार्यक्रम गरिने भएको छ। यस अन्तर्गत मकवानपुरका अधिकांश स्थानमा परियोजना सञ्चालन हुनेछन्, जसको कुल बजेट ७२ करोड ७० लाख रूपैयाँ छ । कृषि ज्ञान केन्द्रअन्तर्गत चितवन, रामेछाप, ललितपुर र सिन्धुलीमा गरी ६ अनुदानका कार्यक्रम तय गरिएको छ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटांैडाले भेडाको उन प्रशोधनमा अनुदान, पशुआहार उद्योग स्थापना, सामूहिक गाईपालनलगायत १३ अनुदान कार्यक्रम गर्ने भएको छ।

मन्त्रालयका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भरतपुरबाट ३८ वटा अनुदानका कार्यक्रम सञ्चालन हुनेछन् । केन्द्रद्वारा भरतपुर, हेटौंडा, ललितपुरमा ६-६ वटा र दोलखा, धादिङ, नुवाकोट र सिन्धुलीमा ५-५ वटा कार्यक्रम सञ्चालन गरिने मन्त्रालयका निमित्त सचिव निर्मल गदालले जानकारी दिए।

अनुदानका कार्यक्रम ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म रहने उनले बताए। मन्त्रालयले प्रदान गर्ने अनुदान कार्यक्रमबाट कृषि क्षेत्रमा आधुनिकीकरण हुने र विस्तारै आयात विस्थापन गर्दै आत्मनिर्भर र निर्यातमा जान सकिने मुख्यमन्त्री डोरमणि पौडेलले बताए। 

-नेपाल न्युजबाट 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)