Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश-३ को थाहानगरमा यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

Kunchhal-My-1537960348.JPG

३९ औं विश्व पर्यटन दिवसको अवसरमा प्रदेश ३ का मुख्य मन्त्री सहित मन्त्रीहरुले मकवानपुरको थाहा नगरपालिका र आसपासका गाउँपालिकाहरुमा विविध कायृक्रम गरि ममनाउने भएका छन् ।  ११ असोजमा प्रदेश ३ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्यटन प्रवद्र्धन तथा यस सम्बन्धी कार्यक्रम हुन लागेको हो । 

मन्त्रालयका अनुसार भीमफेदी गाउँपालिका वडा नंं ९ को मैत्री बगैचामामा विहान ९ बजे वृक्षारोपन कायृक्रम हुने भएको छ भने थाहानगरको सिमभन्ज्याङमा “दामन घुमफिर वर्ष २०७५’ को शुभारम्भको घोषणा हुने मन्त्रालयले जनाएको छ । त्यस्तै ११ असोजको विहान विहान ११ बजे थाहानगरको पर्यटकीय गाउँ कुन्छाल स्थित कुन्छाल होमस्टेको भ्रमण र दिउँसो १ बजे चित्लाङमा हिल स्टेशन विकास कार्यक्रम शुभारम्भ घोषणा गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रममा सहभागिताको लागि थाहा नगरपालिकाले समन्वय गरिरहेको नगर प्रमुख लवशेर विष्टले जाकारी दिए । पर्यटन सम्बन्धी वृहत्त कायृक्रममा सहभागिता जनाउनको लागि प्रमुख विष्टले सम्पूर्णलाई अनुरोध गरेका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)