nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश-३ का ४९ स्थानीय तहले कानून उलंघन गर्दै राजश्व बुझाएनन्

Rajaswo-1564019094.jpg

प्रदेश नम्बर ३ का ४९ वटा स्थानीय तहले गएको आर्थिक वर्षमा प्रदेश सरकारलाई बुझाउनुपर्ने कुनैपनि राजस्व रकम नबुझाएको पाइएको छ । स्थानीय तहले आर्थिक वर्ष २०७५–०७६ मा संकलन गरेर बुझाउनुपर्ने राजस्व रकम आर्थिक वर्षको अन्तिम दिनसम्म पनि नबुझाएका हुन् ।

स्थानीय तहले ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर संकलन गरेर ६० प्रतिशत आफैले राख्ने र ४० प्रतिशत रकम प्रदेश सरकारलाई दिनुपर्ने कानुनी व्यावस्था छ । तर, त्यसको अटेर गर्दै प्रदेशका एक सय १९ वटा स्थानीय तह मध्यमा ४९ वटा स्थानीय तहले राजस्व रकम नबुझाएका हुन् । प्रदेशका ५२ वटा स्थानीय तहले मात्र भने ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर संकलन गरेर बुझाएको प्रदेश लेखा नियन्त्रक कार्यालय प्रदेश ३ का प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए । 

५२ वटा स्थानीय तहले ढुंङ्गा, गिट्टी वापतको ५२ करोड रुपैयाँ राजस्व रकम बुझाएका छन् । प्रदेश सरकारले यातायात, मालपोत, ढुंङ्गा, गिट्टी, वालुवा, बिज्ञापन र मनोरंजन कर वापतको राजस्व रकम संकलन गर्न पाउने कानुनी व्यावस्था छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)