Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश र जिल्लाबाट थाहा क्वारेन्टिनको अनुगमन कस्ले के भने ?

rrr-1586411116.jpg

थाहा नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको क्वारेन्टिनको स्वास्थ्य कार्यालय मकवानपुरबाट अनुगमन गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको अध्याय रिट्रिट प्रा.लि.संगको सहकार्यमा बनायएको क्वारेन्टिको अनुगमन गरिएको हो । 

स्वास्थ्य कार्यालय मकवानपुरका वरिष्ट जनस्वास्थ्य प्रशासक प्रणकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले क्वारेन्टिको अनुगमन गरेको हो । राम कुमार केसी र रजकुमार इटेनीको समेत सहभागिता रहेको थियो । क्वारेन्टिन अति नै राम्रो र मापदण्ड अनुसार रहेको टोली प्रमुख उपाध्यायले जानकारी दिए । उनीहरुले क्वारेन्टिनमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीहरुसंग समेत छलफल गरेका थिए । 

यसअघि सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको अनुगमन टोलीले पनि क्वारेन्टिको अनुगमन गरेका थिए । अनुगमन गर्ने दुबै टोलीलाई आवश्यक सुचझाव समेत दिएकोमा आभार सहित थाहा नगरपालिकाले धन्यवाद दिएको छ ।