nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रदेश राजधानी हेटौंडा राख्ने निर्णयको थाहा नगरपालिकाद्वारा स्वागत

प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा र नाम बागमती राख्ने निर्णयको थाहा नगरपालिकाले स्वागत गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले प्रदेश कमिटी र प्रदेश सभा दललाई राजधानी र नामको विषयमा निर्देशन दिने निर्णय गरेकोमा सोको थाहा नगरपालिकाले स्वागत गरेको मेयर लवशेर विष्टले बताए । नेकपाको १३ पौषमा बसेको सचिवालय बैठकले प्रदेशको नाम र राजधानीको विषयमा निर्णय गरेको हो । 

नेकपाकै सांसदहरु एकमत नहुँदा दुई वर्षदेखि राजधानी र नामको विषयमा निर्णय हुन नसकेपछि सचिवालयले निर्णय गरेको हो । मुलुककै ट्रन्जिट प्वाइन्टको रुपमा रहेको हेटौंडालाई राजधानी तोक्ने निर्णय गरेकोमा नगरपालिकाले स्वागत गरेको मेयर विष्टले बताए । 


जनसरोकार केन्द्र मकवानपुरद्वारा पनि स्वागत

प्रदेश राजधानी हेटौंडा कायम गर्ने नेकपा सचिवालय वैठकको निर्णयको जनसरोकार केन्द्र मकवानपुरले स्वागत गरेको छ । केन्द्रका संयोजक धुर्व प्रसाद चौलागाईले विज्ञप्ती जारी गर्दै यसको स्वागत गरेका हुन् । प्रदेश नम्बर तीनको अस्थायी राजधानी हेटौंडा कायम गर्नुपर्दछ भन्दै शुरु गरिएको अभियान सार्थक भएको उनले बताए । 

हेटौंडालाई अस्थायी राजधानी तोकिएसंगै स्थायी बनाउनु पर्दछ भनि बिभिन्न चरणमा अभियान संचालन गरेको वताउँदै चौलागाईले भने– ‘हामीले संचालन गरेको अभियानलाई ठिक भन्दै आज तीन नम्बर प्रदेश सभामा दुई तिहाई वहुमत भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले हेटौडालाई स्थायी राजधानी वनाउने निर्णय गरेकोमा उक्त निर्णय संघियताको पक्षमा, उपत्यकामा भएको सबैखाले चापलाई न्युनिकरण गर्ने पक्षमा, केन्द्रिकरणको पक्षमा भएकोले हामीहरु स्वागत गर्दछौं ।’

हेटौंडालाई तीन नम्बर प्रदेशको राजधानी कायम गर्ने निर्णय तुरुन्तै प्रदेश सभाको वैठक वसी संविधान र कानून बमोजिम चांडो भन्दा चांडो अनुमोदन गर्न समेत प्रदेश नम्बर तीनको सरकारसंग माग गर्ने उनले वताए ।

प्रदेश नम्बर ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ । आफ्नै पार्टीको दुई तिहाइको बहुमत रहेकाले नेकपाको सचिवालय बैठकले नाम र राजधानी टुङ्गो लगाउँदै त्यहीअनुसार निर्णय गर्न निर्देशन दिएको हो । नेकपाको सचिवालयले दिएको निर्देशनअनुसार अब प्रदेश सभाले निर्णय गरेपछि नाम र राजधानीले औपचारिकता पाउने छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टङ्गो लगाउन प्रदेश सभाबाट कठिन भएकाले पार्टीले नै निर्देशन दिनुपर्ने भन्दै अध्यक्षसामु प्रस्ताव राखेको बताइन्छ । मुख्यमन्त्रीकै आग्रहबमोजिम नेकपाले प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदै त्यसैअनुसार आफ्ना सांसदलाई अघि बढ्न निर्देशन दिएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)