Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश राजधानी हेटौँडामा कांग्रेसको प्रदर्शन

सरकारले अधिनायकवादी कार्यशैली देखाएको भन्दै नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा प्रर्दशन गरेको छ ।

सरकारले एक वर्षमा आर्थिक समृद्धिको काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेको र अन्तराष्ट्रिय कुटनीति समेत कायम गर्न नसकेको भन्दै प्रदर्शन गरेको हो । कम्युनिष्ट सरकारले संविधान र संसदीय अभ्यासलाई कमजोर पार्न खोजे कांग्रेसले संसद र सडकबाट खबरदारी गर्ने जनाएको छ ।

नेपाली कांग्रेस मकवापनुरले गरेको विरोध प्रर्दशनमा सहभागीहरुले अधिनायकवादी कार्यशैली रोक्नुपर्ने, संसदीय मर्यादा कायम हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, निर्मला पन्तलाई न्याय दिनुपर्ने लगायतका माग राख्दै विरोध जनाएका थिए । हेटौँडाको ४ वटा नाकाबाट ¥यालीसहित प्रदर्शन उत्रिएका कांग्रेस कार्यकताले सरकारको चर्को आलोचना गरेका थिए ।

प्रदर्शनपछि र्‍याली कोणसभामा परिणत भएको थियो । सभामा कांग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संघीय संसदकी सचेतक पुष्पा भुसालले वर्तमान सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरेकी थिइन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०